• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • पहिलो बोली टि.भी.
  • English News
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
  • मुख्य समाचार
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • कर्णाली
    • प्रदेश नं. ५
    • सुदुर पश्चिम
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रवास
  • विचार/ब्लग
  • English
  • ताजा अपडेट

    कबिता- खै के दिउ शुभकामना ? राजेन्द्र चापागाईं आहात

    १० घण्टा अघि

    Announcement of 2nd season of Poetry Writing Contest by Daya Foundation

    २ दिन अघि

    कविता प्रतियोगिता २०२१ संस्करण आयोजना हुदै

    २ दिन अघि

    निकुञ्जको डढेलो निभाउन नेपालमा पहिलो पटक हेलिकप्टर

    ३ दिन अघि

    तीन साता सबै बिधालय बन्द गर्न सिसिएमसिको सिफारिस

    ४ दिन अघि

    ग्रामीण परिवर्तनका लागि हाम्रो पहल- नेपालद्वारा शुभकामना आदानप्रदान तथा क्यालेन्डर विमोचन

    ४ दिन अघि
in
ट्रेन्डीङ्ग
#कोरोनाभाईरस#नेपालCOrona UpdatecoronavirusCorona Viruscorona virus nepalcovid-19Deathpandemicकोरोना भाइरस
होमपेज / समाचार

यी हुन् कोरोना जितेकी युवती

  • २०७७ बैशाख ६, शनिबार (१२ महिना अघि)
  • ९३१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ८ मिनेट
  • Published on: Saturday April 18, 2020 (12 months ago)
  • 937 Views
  • Reading time 1 minute

  • Source:Health Ministry of Nepal

    कोरोनाभाइरस संक्रमण देखिएपछि २७ दिन टेकु अस्पतालमा विताएर काठमाडौंकी १९ वर्षीय प्रसिद्धि श्रेष्ठ शनिबार डिस्चार्ज भइन्।

    डिस्चार्ज भएपछि उनी घर गइनन्। नेपाल टेलिभिजनमा प्रस्तुत भएकी उनले अस्पताल बसाइँका अनुभव साटिन्।

    श्रेष्ठ बलियो आत्मविश्वासका साथ प्रस्तुत भएकी थिइन्। उनले विभिन्न प्रश्नको सामना मात्रै गरिनन्, सरकारदेखि जनतासम्मलाई सुझाव दिइन्।

    उनी गत चैत ४ गते फ्रान्सबाट कतार हुँदै नेपाल आएकी थिइन्। घर आएको चार दिनपछि उनीसँगै जहाजमा यात्रा गरेकी भियतनामकी साथीले आफू कोरोनाभाइरस संक्रमित भएको सुनाइन्। 

    त्यसपछि उनलाई पनि लाग्यो- म अब परीक्षण गर्न जानुपर्छ। उनी चैत ९ गते परीक्षणका लागि टेकुस्थित अस्पताल गइन्, परीक्षण गराइन्। उनमा पनि कोरोनाभाइरस संक्रमण देखियो। त्यही दिन उनी अस्पताल भर्ना भएकी थिइन्।

    ‘म परीक्षणका लागि अस्पताल आउनुअघि खासै लक्षण देखिएका थिएनन्। अस्पताल भर्ना भएको दुइ दिनपछि बल्ल लक्षण देखियो। सास फेर्न गाह्रो भयो, खोकी लाग्यो, पेट दुख्यो,’ पहिलेका कुरा स्मरण गर्दै श्रेष्ठले सुनाइन्।

    फ्रान्सबाट घर आएदेखि नै आफू अलगै बसेको उनले बताइन्।

    ‘म घरमै सेल्फ आइसोलेसनमा बसेको थिएँ। जहाजमा पनि एक्लै बसेको थिएँ, पूर्वसावधानीले गर्दा परिवारका सदस्यमा कोरोना सर्न पाएन। अरूलाई फैलन पाएन,’ उनले भनिन्।

    उनको परिवारका सदस्यमा पनि कोरोना परीक्षण गर्दा नेगेटिभ देखिएको थियो।

    उनले अस्पतालमा उपचारमा रहँदा स्वास्थ्यकर्मी, डाक्टर, नर्स र कर्मचारीबाट आफूलाई धेरै सहयोग मिलेको बताइन्।‘डाक्टरहरूले म ठीक हुन्छु भन्नुभएको थियो,’ उनले भनिन्, ‘अस्पतालले गरेको रेखदेखप्रति म संतुष्ट छु।’

    आफ्नो उपचारमा खटिएका डाक्टरहरू सागर राजभण्डारी र अनुप बाँस्तोलालाई उनले धन्यवाद दिएकी छन्। अस्पताल बस्दा कुनै समस्या भए कि भन्ने प्रश्नमा उनले उदाहरणबाट बुझाउने कोसिस गरिन्- मलाई एक दिन कफ भएको थियो। मैले डाक्टर अनुपलाई भनेँ। चार/पाँच घण्टामै छातिको एक्से भइसकेको थियो।उनले सरकारलाई पनि केही सुझाव दिएकी छन्। धेरै मानिसहरूले आफूले जस्तो सेवा सुविधा नपाएको हुन सक्ने उल्लेख गर्दै उनले राम्रो सेवा सुविधा, आइसोलेसनमा बस्ने व्यवस्थापन गरिदिन सरकारलाई आग्रह गरेकी छन्।

    ‘सरकारले धेरै प्रयासहरू, काम गरिरहेको छ। सकेसम्म मानिसहरूलाई आइसोलेसनमा राख्न सहयोग गरिदिनुहोला,’ श्रेष्ठले भनिन्, ‘धेरै मानिस आइसोलेसनमा बस्न पाएका छैनन्।’

    जनता पनि इमान्दारपूर्वक आइसोलेसन तथा क्वारेन्टाइनमा बस्नुपर्ने श्रेष्ठ बताउँछिन्। ‘सेल्फ आइसोलेसन महत्वपूर्ण कुरा हो। तपाईं बाहिरबाट आउनुभएइको छ भने परीक्षण पनि गराउनुस्, सरकारले त्यो सुविधा पनि दिएकै छ।’

    यसपछि उनले सञ्चार माध्यमलाई पनि सुझाव दिइन्। ‘नकरात्मक कमेन्ट आउने गरी र सेन्टिमेन्ट क्रियट नगरिदिनू। मलाई पनि नकरात्मक कमेन्ट आएका थिए। तर म सत्य बोल्ने पत्रकारलाई धन्यवाद दिन्छु।’उनले सकेसम्म आफूलाई सुरक्षित राख्न सबैमा आग्रह गरेकी छन्। ‘अनावश्यक हिँडडुल नगर्नू, परीक्षण गर्नू, सेल्फ आइसोलेसनमा बस्नू,’ श्रेष्ठले भनिन्, ‘मास्क, ग्लोव्स् र चस्मा लगाउनुस्।’

    उनले कोरोना संक्रमण भएर अस्पतालहरूमा उपचाररत विरामीलाई ढाडस दिइन्।

    ‘धैर्यताका साथ बस्नुहोला। मेरो पनि लगातार टेस्ट गर्दा आजको अवस्थामा आइपुगेको हो। त्यसै होइन। समय लाग्ला तर आत्तिनुपर्दैन,’ उनले भनिन्, ‘ठीक हुन्छ।’घर फर्किनुअघि उनले कसैलाई आवश्यक पर्दा आफूले प्लाज्मा दिने घोषणा पनि गरिन्।

    ‘निको हुनुलाई मैले मौकाको रूपमा लिएको छु,’ उनले भनिन्, ‘प्लाज्मामा एन्टिबडि भयो म दान गर्न चाहन्छु। मैले दान गरेको प्लाज्माले हेल्प गरोस् भन्ने आशा छ।’उपचारमा खटिएकामध्ये डाक्टर अनुपले श्रेष्ठ २७ दिन अस्पताल बसेर पूर्ण रूपमा निको भएर डिस्चार्ज भएको जानकारी दिए। ‘दुइटा पिसिआर टेस्ट नेगेटिभ आएपछि उहाँलाई डिस्चार्ज गरिएको हो,’ उनले भने।

    श्रेष्ठलाई सरसफाइमा ध्यान दिन अनुरोध गरिएको तर कुनै पनि औषधि नदिइएको उनले बताए। ‘घरमा सुरक्षित बस्नू। सरसफाइमा ध्यान दिनू,’ उनले भने, ‘उहाँ पूर्ण स्वस्थ हुनुहुन्छ।’

    प्रतिक्रिया दिनुहोस
    • ईमेल प्रयोग गरेर
    • फेसबुक मार्फत

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *


    समाचार सम्बन्धि थप

    कविता प्रतियोगिता २०२१ संस्करण आयोजना हुदै

    निकुञ्जको डढेलो निभाउन नेपालमा पहिलो पटक हेलिकप्टर

    तीन साता सबै बिधालय बन्द गर्न सिसिएमसिको सिफारिस

    विशेष स्कुल तथा पुनर्स्थापना केन्द्रकी संस्थापक अध्यक्ष जनसेवा श्री पदकबाट विभूषित

    भोलिबाट २५ जना भन्दा धेरै भेलाहुन नपाईने सिसिएम्सी बैठक बसि कडाइ गर्ने तयारी

    प्रधानमन्त्रीलाई गगन थापाको चुनौती- सरकारका कामलाई लिएर संसदमा बहस गर्न आउनु

    समाचार
    थप

    कविता प्रतियोगिता २०२१ संस्करण आयोजना हुदै

    निकुञ्जको डढेलो निभाउन नेपालमा पहिलो पटक हेलिकप्टर

    तीन साता सबै बिधालय बन्द गर्न सिसिएमसिको सिफारिस

    विशेष स्कुल तथा पुनर्स्थापना केन्द्रकी संस्थापक अध्यक्ष जनसेवा श्री पदकबाट विभूषित

    पहिलो बिशेष
    थप

    थप तीन हजार ५५६ सङ्क्रमित, कुल एक लाख १५ हजार ३५८ पुग्यो

    कोरोना भाइरस नेपाल: हालसम्मकै उच्च सङ्क्रमित, थपिए ३ हजार ४ सय ३९

    छोरा र श्रीमतीको हत्या गरी आत्महत्या गरेको आशंका

    नेपालको खोप परीक्षण तयारी अन्तिम चरणमा

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरा छ वा छोरी यसरी थाहा पाउंनुहोस् ।

    २.

    कोरोना भाइरस आफैं हराउन सक्ने अनुमान

    ३.

    दूधको मूल्यमा प्रतिलिटर रु २० ले वृद्धि

    ४.

    साढे तीन सयभन्दा बढी सुरक्षाकर्मी सङ्क्रमित, कसरी फैलियो कोभिड-१९ ?

    ५.

    देशमा कोरोना फैलिएको बेला राष्ट्रपतिको रात्रीभोज

    ६.

    १० दिनका लागि अन्तराष्ट्रिय उडान खोल्ने तयारी

    ७.

    भारतीय अभिनेता सुशान्त सिंह राजपुतको निधन, आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिए

    पत्राचार ठेगाना

    पहिलो बोली डट कम का लागी
    ठेगाना - सउल, दक्षिण कोरिया
    सम्पादक - नबिन खनाल
    ईमेल - contact@pahiloboli.com, pahiloboli@gmail.com

    फेसबुक

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • गोपनियता
    • अन्तरवार्ता
    • एन.आर.एन.
    • पहिलो बोली बिशेष
    • जीवनशैली
    • प्रदेश न्युज
    • सुचना प्रविधि
    • फोटो
    • पहिलो बोली टि.भी.
    • प्रवास
    • English News
    © २०७६ पहिलो बोली मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    आज: २०७८ बैशाख २, बिहिबार