• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • पहिलो बोली टि.भी.
  • English News
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
  • मुख्य समाचार
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • कर्णाली
    • प्रदेश नं. ५
    • सुदुर पश्चिम
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रवास
  • विचार/ब्लग
  • English
  • ताजा अपडेट

    युवाहरुलाई लक्षित दया फाउन्डेसनको ‘युथ म्युजिक कन्टेस्ट २०२१’ घोषणा

    ३ हफ्ता अघि

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    १ महिना अघि

    फेसबुकबाट शुरु भएको मायाले घर न घाटको बनायो

    १ महिना अघि

    युवा कबिहरुलाई प्रोत्साहन गर्दै कविता प्रतियोगिता सम्पन्न

    १ महिना अघि

    संस्कृति, पहिचान तथा भावनात्मक स्वच्छता विषयवस्तुमा कविता प्रतियोगिता हुदै

    २ महिना अघि

    डा.गोबिन्द केसीको कोरोना उपचार खर्च सरकारले व्यहोर्ने

    २ महिना अघि
in
ट्रेन्डीङ्ग
#कोरोनाभाईरस#नेपालCOrona UpdatecoronavirusCorona Viruscorona virus nepalcovid-19Deathpandemicकोरोना भाइरस
होमपेज / समाचार

मेलम्चीको पानी यसरी परीक्षण गरियो!

  • २०७६ चैत्र ३, सोमबार (१० महिना अघि)
  • ६८५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ७ मिनेट
  • Published on: Monday March 16, 2020 (11 months ago)
  • 691 Views
  • Reading time 1 minute

  • ३ चैत, मेलम्ची । नेपालको बहुचर्चित राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनाको सीमित सुरुङ मार्गको परीक्षण थालिएको छ। खानेपानी मन्त्री बिना मगर, मेलम्ची विकास समितिका पदाधिकारी लगायतका प्रतिनिधिहरुको उपस्थितिमा मेलम्चीको हेडवर्क्सबाट सुरुङ मार्गको परीक्षण कार्य गरिएको हो।

    आयोजनाको काम अन्तिम चरणमा पुगेकाले निर्माण गरिएका संरचनाहरुको परीक्षण कार्य जारी रहेको आयोजनाका कार्यकारी निर्देशक तिरेश खत्रीले जानकारी दिए।सुरुङ मार्गको परीक्षणका क्रममा हेडवर्क्सबाट अम्बाथानमा रहेको सुरुङ मार्गभित्र मेलम्चीको पानी हालेर परीक्षण गरिएको हो। एक किलोमिटर लामो सुरुङ मार्गमा मेलम्चीको पानी पठाइएको हो।

    परीक्षणमा उक्त सुरुङ मार्गमा कुनै समस्या नदेखिएको कार्यकारी निर्देशक खत्रीले बताए। खत्रीकाअनुसार सिनो हाइड्रो आयोजनाको निर्माणको ठेक्का पाएपछि काममा गुणात्मक प्रगति भएको छ।सुरुङ मार्गको निरीक्षणपछि बोल्दै खानेपानी मन्त्री बिना मगरले मेलम्ची आयोजना अब कसैले रोक्न नसक्ने बताइन्।

    उनले भनिन्, ‘लामो प्रतीक्षा, अन्यौलता र पछिल्लो चरणमा हामीले गरेको मेहेनतपछि आयोजनाको निर्माण कार्य लगभग अन्तिम चरणमा पुगेको छ। अब कुनै कारणले पनि आयोजना रोकिँदैन। तोकिएकै समयमा काठमाडौंबासीले मेलम्चीको पानी पिउन पाउँछन्। अब मेलम्ची आउँदैन कि भन्ने भ्रम तोडियो। तपाई सबैले पनि तोकिएकै समयमा काम सक्ने लक्ष्य राख्नुस्। तोकिएकै समयमा काठमाडौंबासीलाई मेलम्चीको पानी खुवाउने मेरो पनि एक महत्वपूर्ण सपना छ।’

    सीएमसी कम्पनिले मेलम्ची आयोजनाको काम छोडेपछि असोज महिनाको अन्ततिरबाट मेलम्ची खानेपानी आयोजनाको बाँकी निर्माण रहेका कामहरुको निर्माण शुरु भएपछि बितेका ५ महिनामा आयोजनाको कार्य प्रगति सन्तोषजनक रुपमा अगाडि बढिरहेको छ। यही गतिमा निर्माण कार्य भएमा लक्ष्यअनुसार नै मेलम्चीको पानी सुरुङ मार्ग हुँदै सुन्दरीजलसम्म पथान्तरण गर्ने कार्य सफल हुने देखिएको छ।

    मुहानमा बन्ने हेडवक्र्स निर्माणका फिनिसिङको कार्य भने बर्षायामपछि नै सम्पन्न गर्ने लक्ष्य रहेको छ। मेलम्चीको पानी टनेलतर्फ फर्काउने यो मुख्य संरचनाको निर्माण कार्यको मुलूभत काम सम्पन्न भइसकेका कारण फिनिसिङको काम बाँकी रहँदाको अवस्थामा पनि कफरड्यामको माध्यमबाट बैकल्पिक डाइभर्सन प्रणाली हुँदै मुख्य टनेलबाट सुन्दरीजलको प्रशोधन प्रणालीसम्म मेलम्चीको पानी छिटो पथान्तरण गर्ने आयोजनाको तत्कालको  प्रयास रहेको र यो काम निर्धारित समयभित्रै सम्पन्न हुने आयोजनाको विश्वास छ।

    सिनो हाइड्रोले आयोजनाको ठेक्का सम्झौताअनुसारको कामलाई पूर्णता दिन गेट निर्माण कार्य, भेन्टिलेशन साफ्टहरु, पाइप जडान, स्काडा प्रविधि जडान लगायतका साना ठेक्काका कामहरु पनि गरिरहेको छ। यी सबै काम मेलम्ची विकास समितिले अपेक्षा गरेभन्दा उत्साहजनक रुपमा अघि बढिरहेको दावी सरकारको छ ।

    मेलम्ची आयोजनाको निर्माणको जिम्मेवारी सिनो हाइड्रोले लिएपछि कामले गति लिएको र जिम्मा लिएका काममध्ये हेडवक्र्सको काम ४० प्रतिशत, टनेलको काम ७५ प्रतिशत, साना ठेक्काको सप्लाइको काम ७५ प्रतिशत, स्काडा प्रविधि जडानको सप्लाइको काम १०० प्रतिशत, गेटको कामः सप्लाइ १०० प्रतिशत, गेट जडान ५० प्रतिशत र भेन्टिलेशनको काम ५० प्रतिशत सकिएको आयोजनाले जनाएको छ।

    हेडवर्क्समा ७ वटा गेट निर्माण कार्य र कफरड्याम निर्माण कार्य तीब्र गतिमा भइरहेको छ। यी कामहरु पानी पथान्तरण गर्न अत्यावश्यक रहेकोले प्राथमिकताका साथ अगाडि बढाइएको छ। आगामी जेष्ठ १५ सम्ममा यी कामहरु सम्पन्न गर्ने आयोजनाको लक्ष्य छ।

    गेट निर्माण कार्य पानी पथान्तरणका लागि महत्वपूर्ण छ। यो काम टनेल प्रवेशसँग सम्बन्धित रहेको एवं टनेल भित्रका निर्माण कार्य सञ्चालनसँग पनि समन्वयात्मक रुपमा अगाडी बढाउनुपर्ने भएकोले तदअनुरुप निर्माण कार्य भइरहेको छ। जेठ मसान्तसम्ममा गेट निर्माणका कामहरु सम्पन्न हुने आयोजनाको विश्वास छ।भेन्टिलेसन साफ्टको निर्माण कार्य चुनौतीपूर्ण भएको र यसका वावजुद पनि विभिन्न प्रयासबाट हाल सिन्धु ग्यालथुम खण्डमा यसको निर्माण कार्य शुरु भएको छ एवम् असार १५ सम्ममा ३ वटै भेन्टसाफ्टको काम सम्पन्न गर्ने लक्ष्य रहेको आयोजनाले जनाएको छ।

    स्काडा प्रविधि जडानको कामले गति लिएको छ। बाँकी रहेका निर्माण कार्यहरु केही समानान्तर र केही सेरीजमा गर्नुपर्ने भएकोले टनेलभित्रका अन्य काम सम्पन्न हुँदा यो कार्य पनि सम्पन्न हुनेछ। साथसाथै सुन्दरीजल पोर्टलको कामले गति लिएको छ।

    सरकारले तोकेकै मितिभित्र सुन्दरीजल पोर्टलको काम सम्पन्न गर्ने लक्ष्य रहेको र ततपश्चात पुरै प्रणालीमा पानी परीक्षण गर्ने लक्ष्य रहेको छ।निर्माणको सिलसिलामा खण्ड खण्ड रुपमा परीक्षण गरी अन्त्यमा पुरै प्रणालीमा परीक्षण गरिने भएकोले अम्बाथान खण्डको टनेल सफाई सम्पन्न गरिएको र यही चैत्र महिनाको शुरुमै यस खण्डको परीक्षण गरिने लक्ष्य रहेको आयोजना प्रमूख खत्रीले जानकारी दिए।

    -Onlinekhabar बाट

    प्रतिक्रिया दिनुहोस
    • ईमेल प्रयोग गरेर
    • फेसबुक मार्फत

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *


    समाचार सम्बन्धि थप

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    संस्कृति, पहिचान तथा भावनात्मक स्वच्छता विषयवस्तुमा कविता प्रतियोगिता हुदै

    डा.गोबिन्द केसीको कोरोना उपचार खर्च सरकारले व्यहोर्ने

    सङक्रमितले उपचार गर्न नसक्ने घोषणा गरे सरकारले व्यहोर्छ : स्वाथ्यमन्त्री

    थप तीन हजार ५५६ सङ्क्रमित, कुल एक लाख १५ हजार ३५८ पुग्यो

    एक हजार १७२ जना सङ्क्रमित, कुल ६७ हजार ८०४ पुग्यो

    समाचार
    थप

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    संस्कृति, पहिचान तथा भावनात्मक स्वच्छता विषयवस्तुमा कविता प्रतियोगिता हुदै

    डा.गोबिन्द केसीको कोरोना उपचार खर्च सरकारले व्यहोर्ने

    सङक्रमितले उपचार गर्न नसक्ने घोषणा गरे सरकारले व्यहोर्छ : स्वाथ्यमन्त्री

    पहिलो बिशेष
    थप

    थप तीन हजार ५५६ सङ्क्रमित, कुल एक लाख १५ हजार ३५८ पुग्यो

    कोरोना भाइरस नेपाल: हालसम्मकै उच्च सङ्क्रमित, थपिए ३ हजार ४ सय ३९

    छोरा र श्रीमतीको हत्या गरी आत्महत्या गरेको आशंका

    नेपालको खोप परीक्षण तयारी अन्तिम चरणमा

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरा छ वा छोरी यसरी थाहा पाउंनुहोस् ।

    २.

    कोरोना भाइरस आफैं हराउन सक्ने अनुमान

    ३.

    दूधको मूल्यमा प्रतिलिटर रु २० ले वृद्धि

    ४.

    साढे तीन सयभन्दा बढी सुरक्षाकर्मी सङ्क्रमित, कसरी फैलियो कोभिड-१९ ?

    ५.

    देशमा कोरोना फैलिएको बेला राष्ट्रपतिको रात्रीभोज

    ६.

    १० दिनका लागि अन्तराष्ट्रिय उडान खोल्ने तयारी

    ७.

    भारतीय अभिनेता सुशान्त सिंह राजपुतको निधन, आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिए

    पत्राचार ठेगाना

    पहिलो बोली डट कम का लागी
    ठेगाना - सउल, दक्षिण कोरिया
    सम्पादक - नबिन खनाल
    ईमेल - contact@pahiloboli.com, pahiloboli@gmail.com

    फेसबुक

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • गोपनियता
    • अन्तरवार्ता
    • एन.आर.एन.
    • पहिलो बोली बिशेष
    • जीवनशैली
    • प्रदेश न्युज
    • सुचना प्रविधि
    • फोटो
    • पहिलो बोली टि.भी.
    • प्रवास
    • English News
    © २०७६ पहिलो बोली मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    आज: २०७७ माघ १३, मंगलबार