• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • पहिलो बोली टि.भी.
  • English News
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
  • मुख्य समाचार
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • कर्णाली
    • प्रदेश नं. ५
    • सुदुर पश्चिम
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रवास
  • विचार/ब्लग
  • English
  • ताजा अपडेट

    बुटवलमा बन्दैछन् नागढुङ्गा–नौबिसे सुरुङ मार्गका करङ

    २ हफ्ता अघि

    काठमाडौंमा शक्ति प्रदर्शन गर्दै प्रचण्ड-माधव समूह,२ लाख मानिस उतार्ने

    ३ हफ्ता अघि

    नेपालगञ्जमा चिसो अत्याधिक बढेपछि तीन दिन विद्यालय बन्द

    १ महिना अघि

    युवाहरुलाई लक्षित दया फाउन्डेसनको ‘युथ म्युजिक कन्टेस्ट २०२१’ घोषणा

    २ महिना अघि

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    २ महिना अघि

    फेसबुकबाट शुरु भएको मायाले घर न घाटको बनायो

    २ महिना अघि
in
ट्रेन्डीङ्ग
#कोरोनाभाईरस#नेपालCOrona UpdatecoronavirusCorona Viruscorona virus nepalcovid-19Deathpandemicकोरोना भाइरस
होमपेज / समाचार

नेता देखि कलाकारसम्म छोडेन कोरोनाले,कहां कतीको मृत्यु(सुचीसहित)

  • २०७६ चैत्र १, शनिबार (११ महिना अघि)
  • ९५५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ५ मिनेट
  • Published on: Saturday March 14, 2020 (12 months ago)
  • 961 Views
  • Reading time 1 minute

  • इटालीमा शुक्रबार मात्रै २५० को मृत्यु

    नैरोबी — एसियाली राष्ट्र चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण युरोप र अमेरिका हुँदै अफ्रिका पुगेको छ ।केन्या, इथोपिया, सुडान र गिनीले शुक्रबार पहिलो संक्रमित पुष्टि गरेसँगै अफ्रिकी महादेशका ५४ मध्ये १८ मुलुकमा कोभिड–१९ संक्रमित पाइएका हुन् अधिकांश संक्रमित विदेशी नागरिक वा हालसालै विदेश भ्रमणबाट अफ्रिका पुगेका व्यक्ति छन् । १८ मध्ये कैयौं मुलुकमा संक्रमित संख्या एक अंकमा रहे पनि स्वास्थ्य प्रणाली कमजोर भएको अफ्रिकी महादेशले भाइरस संक्रमण रोक्न नसक्ने भन्दै चिन्ता व्यक्त गरिएको छ । विकसित र स्वास्थ्य प्रणाली मजबुत रहेका युरोप र अमेरिकाका राष्ट्रमा समेत संक्रमण तीव्र गतिमा फैलिइरहेका बेला कोभिड–१९ अफ्रिका पुग्नुले अवस्था थप भयावह हुन सक्ने विश्व स्वास्थ्य संगठनले बताएको छ ।

    आर्थिक रूपमा अफ्रिकाकै धनी केन्याले संक्रमण देखिएलगत्तै राजधानी नैरोबीमा सबै सार्वजनिक कार्यक्रममा प्रतिबन्ध लगाएको छ र विदेशीलाई यात्रा प्रतिबन्धको घोषणा गरेको छ । उसले गत महिनै चीनबाट हुने सबै उडान स्थगन गरेको थियो भने बिहीबार जेनेभा र रोमबाट हुने उडान पनि अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरेको छ । जनघनत्वका हिसाबले अफ्रिकाकै दोस्रो इथियोपियाको राजधानी अदिस अबाबका मेयरले एकअर्काको नजिकमा नजान अपिल गरे पनि स्वास्थ्यमन्त्रीले भने तत्काल उडान स्थगन गर्ने कुनै योजना नभएको बताएका छन् । अन्य राष्ट्रले देखिने तयारी गरेका छैनन् ।
    कैयौं नेता प्रभावितकोभिड–१९ बाट विश्वका कैयौं नेतासमेत प्रभावित भएका छन् । विश्व स्वास्थ्य संगठनले विश्व महामारीका रूपमा घोषणा गरेको यस प्रकोपबाट ब्राजिलका राष्ट्रपतिदेखि क्यानडाका प्रधानमन्त्रीसम्म आइसोलेसनमा छन् । ब्राजिलियन राष्ट्रपति जायर बोल्सोनारोले कोरोना भाइरस परीक्षण गरेका छन् ।
    क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोकी पत्नी सोफी ग्रेगोइर ट्रुडोमा कोभिड–१९ संक्रमण पुष्टि भएपछि दुवै जना १४ दिन आइसोलेसनमा गएका छन् । बेलायतबाट फर्किएपछि आफूमा कोरोना भाइरस पत्ता लागेको सोफीले बताएपछि दुवैजना आइसोलेसनमा बसेका हुन् ।

    स्रोत:rte.ie

    न्युयोर्कस्थित संयुक्त राष्ट्र संघका लागि फिलपिन्सका प्रतिनिधमा पनि संक्रमण पुष्टि भएको छ । त्यसैगरी, अस्ट्रेलियाका गृहमन्त्री पिटर डट्टनमा पनि शुक्रबारै कोभिड–१९ देखिएको छ । केही दिनअघि मात्रै डट्टनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पुत्री इभान्का ट्रम्पसँग भेटेका थिए । क्विन्सल्यान्डको एउटा अस्पतालमा उनको उपचार भइरहेको स्थानीय सञ्चारमाध्यमले एबीसीले उल्लेख गरेको छ ।
    बेलायतकी स्वास्थ्यमन्त्री नदिन डोरिस पनि कोभिड–१९ बाट संक्रमित भएसँगै आइसोलेसनमा छिन् । इरानका उपराष्ट्रपति एसाक जहाँगिरीसहित दुई मन्त्रीमा पनि संक्रमण पुष्टि भएको उल्लेख गरिएको छ ।
    कोभिड–१९ बाट हालसम्म विश्वभर १ लाख ३२ हजार ५ सय ३६ जना संक्रमित भइसकेका छन् । १ सय २३ देशमा संक्रमण फैलँदा मृतक संख्या ४ हजार ९ सय ४७ पुगेको छ ।
    इटालीमा संक्रमण बढेको बढ्यैपछिल्लो समय चीनमा कोभिड–१९ को संक्रमण घट्दै गएको छ तर युरोप र अमेरिकामा भने झन्झन् बढिरहेको छ । इटालीमा शुक्रबार थप २५० जनाको मृत्यु भएको छ भने थप २ हजार ५ सय ४७ जनामा संक्रमण देखिएको छ । शनिबार बिहानसम्म इटालीमा मृत्यु हुनेको संख्या १ हजार २ सय ६६ पुगेको छ । त्यस्तै संक्रमितको संख्या १७ हजार ६ सय ६० पुगेको छ ।
    इरानमा पनि कोभिड–१९ को संक्रमण बढिरहेको छ । शुक्रबार इरानमा थप ८५ जनाको मृत्यु भयो भने एक हजार २ सय ८९ जनामा संक्रमण देखियो । शनिबार बिहानसम्म इरानमा ५१४ जनाको मृत्य भएको छ भने ११ हजार ३ सय ६४ जनामा संक्रमण देखिएको छ ।
    शुक्रबार इरानपछि सबैभन्दा धेरै स्पेनमा ४७ जनाको मृत्यु भएको छ । स्पेनमा शुक्रबार मात्रै थप २ हजार ८६ जनामा संक्रमण देखिएको छ । शनिबार बिहानसम्म स्पेनमा संक्रमितको संख्या ५ हजार नाघेको छ भने मृतकको संख्या १३३ पुगेको छ । त्यस्तै शुक्रबार फ्रान्समा १८, दक्षिण कोरियामा ६, नेदरल्यान्ड्समा ५, स्विजरल्यान्डमा ४ र इन्डोनेसियामा ३ जनाको मृत्यु भएको छ । त्यस्तै शुक्रबार चीनमा थप १३ जनाको मृत्यु भएको छ भने थप ११ जनामा स‌ंक्रमण देखिएको छ ।अहिलेसम्म कहाँ कति मृत्यु ?
    चीन – ३,१८९इटाली –१,२६६इरान – ५१४दक्षिण कोरिया – ७२स्पेन – १३३फ्रान्स – ७९अमेरिका – ५०जापान – २८बेलायत – ११स्विजरल्यान्ड – ११नेदरल्यान्ड्स – १०इराक – ९जर्मनी – ८फिलिपिन्स -६सान मारिनो – ५इन्डोनेसिया, हङकङ – ४/४ जनाबेल्जियम, अस्ट्रेलिया, लेबनान – ३/३ जनापोल्यान्ड, अर्जेन्टिना, भारत, इजिप्ट, अल्जेरिया – २/२ जनानर्वे, स्विडेन, अस्ट्रिया, क्यानडा, ग्रीस, आयरल्यान्ड, थाइल्यान्ड, ताइवान, अल्बानिया, बुल्गेरिया, अजरबैजान, पानामा, मोरक्को, गायना, युक्रेन, सुडान, लक्जेम्बर्ग, इक्वेडर – १/१ जना

    –एजेन्सीको सहयोगमा

    प्रतिक्रिया दिनुहोस
    • ईमेल प्रयोग गरेर
    • फेसबुक मार्फत

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *


    समाचार सम्बन्धि थप

    काठमाडौंमा शक्ति प्रदर्शन गर्दै प्रचण्ड-माधव समूह,२ लाख मानिस उतार्ने

    नेपालगञ्जमा चिसो अत्याधिक बढेपछि तीन दिन विद्यालय बन्द

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    संस्कृति, पहिचान तथा भावनात्मक स्वच्छता विषयवस्तुमा कविता प्रतियोगिता हुदै

    डा.गोबिन्द केसीको कोरोना उपचार खर्च सरकारले व्यहोर्ने

    सङक्रमितले उपचार गर्न नसक्ने घोषणा गरे सरकारले व्यहोर्छ : स्वाथ्यमन्त्री

    समाचार
    थप

    काठमाडौंमा शक्ति प्रदर्शन गर्दै प्रचण्ड-माधव समूह,२ लाख मानिस उतार्ने

    नेपालगञ्जमा चिसो अत्याधिक बढेपछि तीन दिन विद्यालय बन्द

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    संस्कृति, पहिचान तथा भावनात्मक स्वच्छता विषयवस्तुमा कविता प्रतियोगिता हुदै

    पहिलो बिशेष
    थप

    थप तीन हजार ५५६ सङ्क्रमित, कुल एक लाख १५ हजार ३५८ पुग्यो

    कोरोना भाइरस नेपाल: हालसम्मकै उच्च सङ्क्रमित, थपिए ३ हजार ४ सय ३९

    छोरा र श्रीमतीको हत्या गरी आत्महत्या गरेको आशंका

    नेपालको खोप परीक्षण तयारी अन्तिम चरणमा

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरा छ वा छोरी यसरी थाहा पाउंनुहोस् ।

    २.

    कोरोना भाइरस आफैं हराउन सक्ने अनुमान

    ३.

    दूधको मूल्यमा प्रतिलिटर रु २० ले वृद्धि

    ४.

    साढे तीन सयभन्दा बढी सुरक्षाकर्मी सङ्क्रमित, कसरी फैलियो कोभिड-१९ ?

    ५.

    देशमा कोरोना फैलिएको बेला राष्ट्रपतिको रात्रीभोज

    ६.

    १० दिनका लागि अन्तराष्ट्रिय उडान खोल्ने तयारी

    ७.

    भारतीय अभिनेता सुशान्त सिंह राजपुतको निधन, आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिए

    पत्राचार ठेगाना

    पहिलो बोली डट कम का लागी
    ठेगाना - सउल, दक्षिण कोरिया
    सम्पादक - नबिन खनाल
    ईमेल - contact@pahiloboli.com, pahiloboli@gmail.com

    फेसबुक

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • गोपनियता
    • अन्तरवार्ता
    • एन.आर.एन.
    • पहिलो बोली बिशेष
    • जीवनशैली
    • प्रदेश न्युज
    • सुचना प्रविधि
    • फोटो
    • पहिलो बोली टि.भी.
    • प्रवास
    • English News
    © २०७६ पहिलो बोली मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    आज: २०७७ फागुन १९, बुधबार