• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • पहिलो बोली टि.भी.
  • English News
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
  • मुख्य समाचार
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • कर्णाली
    • प्रदेश नं. ५
    • सुदुर पश्चिम
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रवास
  • विचार/ब्लग
  • English
  • ताजा अपडेट

    युवाहरुलाई लक्षित दया फाउन्डेसनको ‘युथ म्युजिक कन्टेस्ट २०२१’ घोषणा

    ३ हफ्ता अघि

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    १ महिना अघि

    फेसबुकबाट शुरु भएको मायाले घर न घाटको बनायो

    १ महिना अघि

    युवा कबिहरुलाई प्रोत्साहन गर्दै कविता प्रतियोगिता सम्पन्न

    १ महिना अघि

    संस्कृति, पहिचान तथा भावनात्मक स्वच्छता विषयवस्तुमा कविता प्रतियोगिता हुदै

    २ महिना अघि

    डा.गोबिन्द केसीको कोरोना उपचार खर्च सरकारले व्यहोर्ने

    २ महिना अघि
in
ट्रेन्डीङ्ग
#कोरोनाभाईरस#नेपालCOrona UpdatecoronavirusCorona Viruscorona virus nepalcovid-19Deathpandemicकोरोना भाइरस
होमपेज / समाचार

भैरहवा–लुम्बिनी–तौलिहवा सडक बैसाखभित्रै सम्पन्न हुदै

  • २०७६ फागुन २६, सोमबार (१० महिना अघि)
  • ७०३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ३ मिनेट
  • Published on: Monday March 9, 2020 (11 months ago)
  • 709 Views
  • Reading time 1 minute

  • लुम्बिनी। राष्ट्रिय प्राथमिकताको आयोजना भैरहवा–लुम्बिनी–तौलिहवा सडक विस्तार कार्य वैशाख महिनाभित्र पूरा हुने बताइएको छ । विसं २०७७ वैशाख १७ गतेभित्र सडक स्तरोन्नतिको निर्माण सम्पन्न गरी जेठ मसान्तभित्र हस्तान्तरण गर्नेगरी काम अगाडि बढाइएको निर्माण व्यवसायीका प्रतिनिधि पवन चौधरीले बताए। बत्तीस महिनाअगाडि रुपन्देहीको भैरहवादेखि लुम्बिनी हुँदै कपिलवस्तुको तौलिहवा जोड्ने ४१ किलोमिटर १३० मिटर लामो सो सडक विस्तारको ठेक्का भारतीय कम्पनी गावर कन्सट्रक्शन लिमिटेडले पाएको थियो । उक्त सडकखण्डको भौतिक प्रगति अहिलेसम्म जम्मा ६० प्रतिशत भएको छ ।

    गएको पुस २८ गतेभित्र निर्माण सम्पन्न गर्नेगरी रु एक अर्ब ९३ करोड ६३ लाखमा ठेकेदार पक्षसँग ठेक्का सम्झौता भए पनि आगामी वैशाख १८ गतेसम्म म्याद थप गरिएको थियो । भैरहवा–लुम्बिनी–तौलिहवा सडक आयोजनाका इन्जिनीयर सागर पोखरेलका अनुसार सडक निर्माणको काम सन्तोषजनक रहेको छ । उनले भने, “काम सन्तोषजनक नै छ तर गत वर्ष समयमै कच्चापदार्थ नपाउँदाको असर अहिलेसम्म परेको हो जसका कारण ढिलाइ भएको हो । अहिलेको गतिमै काम भएमा पनि वैशाखभित्रै काम सम्पन्न हुन्छ ।”

    निर्माण व्यवसायीका प्रतिनिधि चौधरीका अनुसार अहिलेसम्म तौलिहवा लुम्बिनी सडकतर्फ आठ किलोमिटरको बेस तयार भइसकेको, चार लेन सडकमा सर्भिस बेस तयार भइसकेको छ । भैरहवाको बुद्धचोकदेखि विमानस्थलसम्म छ लेन, विमानस्थलदेखि लुम्बिनी–पर्सा चौराहसम्म चार लेन र त्यहाँबाट तौलिहवासम्म दुई लेनको सडक बनाउने गरी ठेक्का सम्झौता भएको हो । एशियाली विकास बैंकको सहयोगमा सम्पन्न हुने उक्त सडक समयमै पूरा नहुँदा अन्तर्राष्ट्रिय पर्यटनको केन्द्र लुम्बिनी भ्रमणमा आउने स्वदेशी तथा विदेशी पर्यटकले समेत सास्ती खेप्नु परेको छ । चौधरीका अनुसार पेचिङ्गका लागि कम्तीमा २० डिग्री तापक्रम हुनुपर्नेमा तापक्रम नमिल्दा पेचिङ्गमा ढिलाइ भएको हो ।

    यसैगरी पछिल्लो समय बर्सातले पनि समस्या सिर्जना गरेको उनले बताए। कल्भर्ट, विद्युतीय जडान तथा खानेपानी पाइप व्यवस्थापनका कारण काममा केही ढिलाइ भए पनि दैनिकरूपमा १८२ जना जनशक्तिले काम गरिरहेको चौधरीले बताए। उक्त सडकखण्डमा रहेका दुई हजार ६८ रूख सबै हटाइसकिएको छ । आयोजनाका अनुसार छ लेन सडकको बीच भागमा ‘ग्रिन बेल्ट’, दुई–दुई लेनको सडक र दायाँबायाँ सर्भिस लेनसहितको ‘फुटपाथ’समेत निर्माण गरिनेछ । सडक खण्डमा ३६ वटा यात्रु प्रतीक्षालयका साथै काटिएका रूखको ठाउँमा पाँच हजार एक सय रूख रोप्ने जनाइएको छ ।

    सडकको प्राविधिक कामको समन्वय, निगरानी र परीक्षण कोरिया इञ्जिनीयरिङ कन्सलटेन्टले गरिरहेको छ । सडक स्तरोन्नतिपछि यो सडकले तौलिहवा र लुम्बिनी आसपासका अन्य सडकलाई भैरहवा र अन्तर्राष्ट्रिय विमानस्थलसँग जोड्नाका साथै यस क्षेत्रको कृषि, पर्यटन तथा बजारीकरणमा ठूलो योगदान पुग्ने विश्वास गरिएको छ । थपिएको समयमै काम सम्पन्न भएमा अहिले भैरहवा विमानस्थलबाट लुम्बिनी करिब आधा घण्टाको यात्रा गरी सवारीसाधनमा पुग्न समय लाग्ने गरेकामा १५ मिनेटमा पुग्ने देखिएको छ ।

    -DC Nepal बाट

    प्रतिक्रिया दिनुहोस
    • ईमेल प्रयोग गरेर
    • फेसबुक मार्फत

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *


    समाचार सम्बन्धि थप

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    संस्कृति, पहिचान तथा भावनात्मक स्वच्छता विषयवस्तुमा कविता प्रतियोगिता हुदै

    डा.गोबिन्द केसीको कोरोना उपचार खर्च सरकारले व्यहोर्ने

    सङक्रमितले उपचार गर्न नसक्ने घोषणा गरे सरकारले व्यहोर्छ : स्वाथ्यमन्त्री

    थप तीन हजार ५५६ सङ्क्रमित, कुल एक लाख १५ हजार ३५८ पुग्यो

    एक हजार १७२ जना सङ्क्रमित, कुल ६७ हजार ८०४ पुग्यो

    समाचार
    थप

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    संस्कृति, पहिचान तथा भावनात्मक स्वच्छता विषयवस्तुमा कविता प्रतियोगिता हुदै

    डा.गोबिन्द केसीको कोरोना उपचार खर्च सरकारले व्यहोर्ने

    सङक्रमितले उपचार गर्न नसक्ने घोषणा गरे सरकारले व्यहोर्छ : स्वाथ्यमन्त्री

    पहिलो बिशेष
    थप

    थप तीन हजार ५५६ सङ्क्रमित, कुल एक लाख १५ हजार ३५८ पुग्यो

    कोरोना भाइरस नेपाल: हालसम्मकै उच्च सङ्क्रमित, थपिए ३ हजार ४ सय ३९

    छोरा र श्रीमतीको हत्या गरी आत्महत्या गरेको आशंका

    नेपालको खोप परीक्षण तयारी अन्तिम चरणमा

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरा छ वा छोरी यसरी थाहा पाउंनुहोस् ।

    २.

    कोरोना भाइरस आफैं हराउन सक्ने अनुमान

    ३.

    दूधको मूल्यमा प्रतिलिटर रु २० ले वृद्धि

    ४.

    साढे तीन सयभन्दा बढी सुरक्षाकर्मी सङ्क्रमित, कसरी फैलियो कोभिड-१९ ?

    ५.

    देशमा कोरोना फैलिएको बेला राष्ट्रपतिको रात्रीभोज

    ६.

    १० दिनका लागि अन्तराष्ट्रिय उडान खोल्ने तयारी

    ७.

    भारतीय अभिनेता सुशान्त सिंह राजपुतको निधन, आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिए

    पत्राचार ठेगाना

    पहिलो बोली डट कम का लागी
    ठेगाना - सउल, दक्षिण कोरिया
    सम्पादक - नबिन खनाल
    ईमेल - contact@pahiloboli.com, pahiloboli@gmail.com

    फेसबुक

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • गोपनियता
    • अन्तरवार्ता
    • एन.आर.एन.
    • पहिलो बोली बिशेष
    • जीवनशैली
    • प्रदेश न्युज
    • सुचना प्रविधि
    • फोटो
    • पहिलो बोली टि.भी.
    • प्रवास
    • English News
    © २०७६ पहिलो बोली मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    आज: २०७७ माघ ९, शुक्रबार