• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • पहिलो बोली टि.भी.
  • English News
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
  • मुख्य समाचार
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • कर्णाली
    • प्रदेश नं. ५
    • सुदुर पश्चिम
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रवास
  • विचार/ब्लग
  • English
  • ताजा अपडेट

    युवाहरुलाई लक्षित दया फाउन्डेसनको ‘युथ म्युजिक कन्टेस्ट २०२१’ घोषणा

    ३ हफ्ता अघि

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    १ महिना अघि

    फेसबुकबाट शुरु भएको मायाले घर न घाटको बनायो

    १ महिना अघि

    युवा कबिहरुलाई प्रोत्साहन गर्दै कविता प्रतियोगिता सम्पन्न

    १ महिना अघि

    संस्कृति, पहिचान तथा भावनात्मक स्वच्छता विषयवस्तुमा कविता प्रतियोगिता हुदै

    २ महिना अघि

    डा.गोबिन्द केसीको कोरोना उपचार खर्च सरकारले व्यहोर्ने

    २ महिना अघि
in
ट्रेन्डीङ्ग
#कोरोनाभाईरस#नेपालCOrona UpdatecoronavirusCorona Viruscorona virus nepalcovid-19Deathpandemicकोरोना भाइरस
होमपेज / समाचार

महराले अदालतको फैसला संसद्‍मा बुझाएपछि मात्र सांसदको रूपमा काम गर्न पाउने

  • २०७६ फागुन ५, सोमबार (११ महिना अघि)
  • ७०३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ८ मिनेट
  • Published on: Monday February 17, 2020 (12 months ago)
  • 709 Views
  • Reading time 1 minute

  • जबरजस्ती करणीको उद्योग गरेको अभियोग लागेका प्रतिनिधि सभाका पूर्वसभामुख कृष्णबहादुर महरालाई सोमवार काठमाण्डू जिल्ला अदालतले अभियोगमा मागदाबी नपुगेको भन्दै निर्दोष ठहर गरेको छ। 

    सोमवार नै अदालतको आदेश आएपछि महरा डिल्लीबजार कारागारबाट रिहा भएको कारागारका प्रमुख अरुण पोख्रेलले बताए। फौजदारी मुद्दामा अभियोगपत्र दायर भएपछि सांसदको हैसियतमा कामकाज गर्न र सेवासुविधा लिन महरा वञ्जित थिए। सय दिनभन्दा बढी कारागारमा बसेर छुटेका महराले अब कहिले सांसदको रूपमा कामकाज गर्न पाउँछन् त?

    संसद् नियमावलीको नियम २४४ बमोजिम सांसद थुनुवा रहेको अवधिभर उक्त व्यवस्था लागु हुने उल्लेख गरिएको छ। प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले भने, “निर्दोष सावित गरेको अदालतको फैसलाको प्रतिलिपि ल्याएको दिनदेखि उहाँले सांसद पदमा रहेर आफ्ना कामकाज गर्न पाउनु हुनेछ।”

    अदालतले दोषी ठहर गरेको भएमात्रै सांसद पद स्वत: निलम्बन भएको मानिने नियमावलीको व्यवस्था छ।

    पुनरावेदनको सम्भावना

    महरालाई जिल्ला अदालतले निर्दोष साबित गरे पनि सरकारवादी उक्त मुद्दामा पुनरावेदनको बाटो भने खुल्ला नै छ। फैसलाको विपक्षमा पुनरावेदन जाने कि नजाने भन्ने विषयमा जिल्ला सरकारी वकिलको कार्यालयले कुनै निर्णय गरेको छैन। सरकारी वकिलको कार्यालयका सूचना अधिकारी नुमराज खनालले भने, “फैसलाको पूर्णपाठ आएपछि त्यसको अध्ययन गर्छौँ र पुनरावेदनमा जाने कि नजाने भन्ने विषयमा निर्णय लिने छौँ।”

    खुसीयाली

    सुरुदेखि नै आफू निर्दोष भएको दाबी गर्दै आएका महराले फैसलाका बारेमा कुनै प्रतिक्रिया जनाएका छैनन्।

    कारागार

    महराको फैसलालगतै डिल्लीबजार कारागारमा उनका समर्थकहरूको भिड लागेको थियो। 

    बधाई दिन जानेहरूको समूहमा अधिकांश पूर्वमाओवादी कार्यकर्ता छन्।

    सामाजिक सञ्जालमा समर्थकहरूले महराको फैसलालाई ‘सत्यको जित’को रूपमा व्याख्या गरिरहेका छन्।तर फैसलाको विरोध गर्नेहरूले विभिन्न व्यंग्यात्मक र आलोचनात्मक टिप्पणीहरू गरिरहेका छन्।

    -BBC बाट


    प्रतिक्रिया दिनुहोस
    • ईमेल प्रयोग गरेर
    • फेसबुक मार्फत

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *


    समाचार सम्बन्धि थप

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    संस्कृति, पहिचान तथा भावनात्मक स्वच्छता विषयवस्तुमा कविता प्रतियोगिता हुदै

    डा.गोबिन्द केसीको कोरोना उपचार खर्च सरकारले व्यहोर्ने

    सङक्रमितले उपचार गर्न नसक्ने घोषणा गरे सरकारले व्यहोर्छ : स्वाथ्यमन्त्री

    थप तीन हजार ५५६ सङ्क्रमित, कुल एक लाख १५ हजार ३५८ पुग्यो

    एक हजार १७२ जना सङ्क्रमित, कुल ६७ हजार ८०४ पुग्यो

    समाचार
    थप

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    संस्कृति, पहिचान तथा भावनात्मक स्वच्छता विषयवस्तुमा कविता प्रतियोगिता हुदै

    डा.गोबिन्द केसीको कोरोना उपचार खर्च सरकारले व्यहोर्ने

    सङक्रमितले उपचार गर्न नसक्ने घोषणा गरे सरकारले व्यहोर्छ : स्वाथ्यमन्त्री

    पहिलो बिशेष
    थप

    थप तीन हजार ५५६ सङ्क्रमित, कुल एक लाख १५ हजार ३५८ पुग्यो

    कोरोना भाइरस नेपाल: हालसम्मकै उच्च सङ्क्रमित, थपिए ३ हजार ४ सय ३९

    छोरा र श्रीमतीको हत्या गरी आत्महत्या गरेको आशंका

    नेपालको खोप परीक्षण तयारी अन्तिम चरणमा

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरा छ वा छोरी यसरी थाहा पाउंनुहोस् ।

    २.

    कोरोना भाइरस आफैं हराउन सक्ने अनुमान

    ३.

    दूधको मूल्यमा प्रतिलिटर रु २० ले वृद्धि

    ४.

    साढे तीन सयभन्दा बढी सुरक्षाकर्मी सङ्क्रमित, कसरी फैलियो कोभिड-१९ ?

    ५.

    देशमा कोरोना फैलिएको बेला राष्ट्रपतिको रात्रीभोज

    ६.

    १० दिनका लागि अन्तराष्ट्रिय उडान खोल्ने तयारी

    ७.

    भारतीय अभिनेता सुशान्त सिंह राजपुतको निधन, आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिए

    पत्राचार ठेगाना

    पहिलो बोली डट कम का लागी
    ठेगाना - सउल, दक्षिण कोरिया
    सम्पादक - नबिन खनाल
    ईमेल - contact@pahiloboli.com, pahiloboli@gmail.com

    फेसबुक

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • गोपनियता
    • अन्तरवार्ता
    • एन.आर.एन.
    • पहिलो बोली बिशेष
    • जीवनशैली
    • प्रदेश न्युज
    • सुचना प्रविधि
    • फोटो
    • पहिलो बोली टि.भी.
    • प्रवास
    • English News
    © २०७६ पहिलो बोली मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    आज: २०७७ माघ १५, बिहिबार