• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • पहिलो बोली टि.भी.
  • English News
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
  • मुख्य समाचार
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • कर्णाली
    • प्रदेश नं. ५
    • सुदुर पश्चिम
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रवास
  • विचार/ब्लग
  • English
  • ताजा अपडेट

    बुटवलमा बन्दैछन् नागढुङ्गा–नौबिसे सुरुङ मार्गका करङ

    २ हफ्ता अघि

    काठमाडौंमा शक्ति प्रदर्शन गर्दै प्रचण्ड-माधव समूह,२ लाख मानिस उतार्ने

    ३ हफ्ता अघि

    नेपालगञ्जमा चिसो अत्याधिक बढेपछि तीन दिन विद्यालय बन्द

    १ महिना अघि

    युवाहरुलाई लक्षित दया फाउन्डेसनको ‘युथ म्युजिक कन्टेस्ट २०२१’ घोषणा

    २ महिना अघि

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    २ महिना अघि

    फेसबुकबाट शुरु भएको मायाले घर न घाटको बनायो

    ३ महिना अघि
in
ट्रेन्डीङ्ग
#कोरोनाभाईरस#नेपालCOrona UpdatecoronavirusCorona Viruscorona virus nepalcovid-19Deathpandemicकोरोना भाइरस
होमपेज / समाचार

के चीनबाट फैलिएको कोरोना भाईरस विश्वब्यापी महामारी नै बन्ला?

  • २०७६ माघ २७, सोमबार (१ साल अघि)
  • ९३१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १७ मिनेट
  • Published on: Monday February 10, 2020 (1 year ago)
  • 937 Views
  • Reading time 1 minute

  • Coronavirus under a microscope

    चीनमा गत डिसेम्बर महिनामा पहिलो चोटि देखिएको नयाँ कोरोनाभाइरस अहिले विश्वका विभिन्न देशमा पनि पुगिसकेको छ। 

    यो भाइरस अन्यत्र कहाँकहाँ पुग्ने हो र त्यसबाट कति मानिस बिरामी पर्ने हुन् भनेर विज्ञहरू चिन्तित छन्।

    विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइरसका कारण सङ्कट उत्पन्न भएको बताएको छ। तर अहिलेसम्म “विश्वव्यापी महामारी” फैलिएको घोषणा भने गरिएको छैन।

    तर उक्त भाइरसका कारण नयाँ विश्वव्यापी महामारी फैलिन सक्ने सम्भावनालाई दृष्टिगत गर्दै अधिकारीहरू त्यो परिस्थितिसँग सङ्घर्ष गर्ने तयारी गर्दैछन्।

    • कोरोनाभाइरस सङ्क्रमण: हुबेबाट नेपाली फिर्ता ल्याउन ‘अझै केही दिन लाग्ने’ 
    • कोरोनाभाइरसले सार्सले भन्दा धेरैको ज्यान लियो
    • कोरोनाभाइरसले मानिसको शरीरमा के गर्छ

    के हो विश्वव्यापी महामारी?

    महामारीका रूपमा विश्वभरि फैलिने रोगलाई अङ्ग्रेजीमा प्यान्डेमिक भनिन्छ। 

    एकैचोटि विश्वभरि फैलिएर धेरै मानिसलाई जोखिममा पार्ने सरुवा रोगलाई जनाउन यो पदावली प्रयोग गरिन्छ।

    सन् २००९ मा फैलिएको स्वाइन फ्लू विश्वव्यापी महामारी बनेर फैलिएको थियो। विज्ञहरूका अनुसार उक्त सरुवा रोगका कारण हजारौँ मानिसको मृत्यु भयो।

    यदि भाइरस नयाँ छ, मानिसहरूलाई सङ्क्रमित गर्न सक्छ र मानिसबाट मानिसमा सजिलै सर्न सक्छ भने त्यो विश्वव्यापी महामारी बनेर फैलिन सक्छ।

    कोरोनाभाइरससँग यी सबै विशेषता छन्। 

    सङ्क्रमण हुन नदिन वा भइसकेपछि उपचारका लागि अहिलेसम्म कुनै खोप नभएकाले यो भाइरसको विस्तार रोक्नु महत्त्वपूर्ण देखिएको छ।

    विश्वव्यापी महामारी कहिले घोषणा हुन्छ?

    विश्व स्वास्थ्य सङ्गठनको व्याख्या हेर्दा कोरोनाभाइरस विश्वव्यापी महामारी बन्ने चरणनजिकै पुगेको छ।

    यो मानिसबाट मानिसमा सरिरहेको छ र चीनका छिमेकी देश तथा अन्यत्र पनि फैलिएको पाइएको छ।

    यदि विश्वका विभिन्न स्थानमा दीर्घकालीन रूपमा समुदायहरूमा यो भाइरसको प्रकोप देखिन थाल्यो भने त्यो विश्वव्यापी महामारी हुन्छ।

    त्यस्तो सम्भावना कति छ?

    यो रोग कति गम्भीर हुन सक्छ र कहाँसम्म फैलिन सक्छ त्यो अझै अस्पष्ट छ। 

    विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक डा. टेड्रोस एड्हानोम गहब्रहयससका अनुसार यो भाइरस चीनबाहिर न्यून सङ्ख्यामा र कम गतिमा फैलिएको छ।अहिलेसम्म चीनमा ३७,००० भन्दा बढी मानिसमा कोरोनोभाइरस सङ्क्रमण भएको पुष्टि भएको छ भने यसबाट मृत्यु हुने मानिसको सङ्ख्या ९०० नाघेको छ। 

    चीनबाहिर अहिलेसम्म फिलिपिन्समा एक र हङ्‌कङमा एक जनाको मृत्यु भएको छ। 

    गत साता विश्व स्वास्थ्य सङ्गठनको कार्यकारी समितिको बैठकमा बोल्दै डा. गहब्रहयससले सङ्क्रमणको केन्द्रबिन्दु र मूलमा लगानी गरिए यो भाइरसलाई अन्य देशतिर फैलिनबाट रोक्न सकिने तर्क गरेका थिए। 

    प्रत्येक महामारी फरक हुन्छ। अनि भाइरस फैलिन नथालेसम्म यसबाट कस्तो असर पुग्न सक्छ भन्ने अनुमान गर्न असम्भव हुन्छ।सार्सजस्ता केही समयअघि फैलिएका अन्य रोगभन्दा कोरोनाभाइरस कम घातक हुन सक्ने विज्ञहरूको धारणा छ।

    Advertisement

    कोरोनाभाइरस चीनबाहिर पनि मानिसबाट मानिसमा सरेको देखिएपछि तथा कमजोर स्वास्थ्य सेवा प्रणाली भएका देशमा यो भाइरस फैलियो भने के होला भन्ने चिन्ताका कारण विश्व स्वास्थ्य सङ्गठनले अहिलेको परिस्थितिलाई “पब्लिक हेल्थ इमेर्जेन्सी अफ इन्टर्न्याश्नल कन्सर्न” (अन्तर्राष्ट्रिय चिन्ताको जनस्वास्थ्य सङ्कटकाल) घोषणा गरेको हो।

    विश्वस्वास्थ्य सङ्गठनका अनुसार सबै देशले यो भाइरसको सङ्क्रमण हुन नदिन तथा त्यसलाई फैलिन नदिन कदम चाल्नुपर्ने भए पनि अन्तर्राष्ट्रिय यात्रा र व्यापारमा अवरोध गर्नुपर्ने कुनै कारण छैन।

    Advertisement

    बीबीसीको सहयोगबाट

    प्रतिक्रिया दिनुहोस
    • ईमेल प्रयोग गरेर
    • फेसबुक मार्फत

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *


    समाचार सम्बन्धि थप

    काठमाडौंमा शक्ति प्रदर्शन गर्दै प्रचण्ड-माधव समूह,२ लाख मानिस उतार्ने

    नेपालगञ्जमा चिसो अत्याधिक बढेपछि तीन दिन विद्यालय बन्द

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    संस्कृति, पहिचान तथा भावनात्मक स्वच्छता विषयवस्तुमा कविता प्रतियोगिता हुदै

    डा.गोबिन्द केसीको कोरोना उपचार खर्च सरकारले व्यहोर्ने

    सङक्रमितले उपचार गर्न नसक्ने घोषणा गरे सरकारले व्यहोर्छ : स्वाथ्यमन्त्री

    समाचार
    थप

    काठमाडौंमा शक्ति प्रदर्शन गर्दै प्रचण्ड-माधव समूह,२ लाख मानिस उतार्ने

    नेपालगञ्जमा चिसो अत्याधिक बढेपछि तीन दिन विद्यालय बन्द

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    संस्कृति, पहिचान तथा भावनात्मक स्वच्छता विषयवस्तुमा कविता प्रतियोगिता हुदै

    पहिलो बिशेष
    थप

    थप तीन हजार ५५६ सङ्क्रमित, कुल एक लाख १५ हजार ३५८ पुग्यो

    कोरोना भाइरस नेपाल: हालसम्मकै उच्च सङ्क्रमित, थपिए ३ हजार ४ सय ३९

    छोरा र श्रीमतीको हत्या गरी आत्महत्या गरेको आशंका

    नेपालको खोप परीक्षण तयारी अन्तिम चरणमा

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरा छ वा छोरी यसरी थाहा पाउंनुहोस् ।

    २.

    कोरोना भाइरस आफैं हराउन सक्ने अनुमान

    ३.

    दूधको मूल्यमा प्रतिलिटर रु २० ले वृद्धि

    ४.

    साढे तीन सयभन्दा बढी सुरक्षाकर्मी सङ्क्रमित, कसरी फैलियो कोभिड-१९ ?

    ५.

    देशमा कोरोना फैलिएको बेला राष्ट्रपतिको रात्रीभोज

    ६.

    १० दिनका लागि अन्तराष्ट्रिय उडान खोल्ने तयारी

    ७.

    भारतीय अभिनेता सुशान्त सिंह राजपुतको निधन, आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिए

    पत्राचार ठेगाना

    पहिलो बोली डट कम का लागी
    ठेगाना - सउल, दक्षिण कोरिया
    सम्पादक - नबिन खनाल
    ईमेल - contact@pahiloboli.com, pahiloboli@gmail.com

    फेसबुक

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • गोपनियता
    • अन्तरवार्ता
    • एन.आर.एन.
    • पहिलो बोली बिशेष
    • जीवनशैली
    • प्रदेश न्युज
    • सुचना प्रविधि
    • फोटो
    • पहिलो बोली टि.भी.
    • प्रवास
    • English News
    © २०७६ पहिलो बोली मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    आज: २०७७ फागुन २१, शुक्रबार