• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • पहिलो बोली टि.भी.
  • English News
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
  • मुख्य समाचार
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • कर्णाली
    • प्रदेश नं. ५
    • सुदुर पश्चिम
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रवास
  • विचार/ब्लग
  • English
  • ताजा अपडेट

    युवाहरुलाई लक्षित दया फाउन्डेसनको ‘युथ म्युजिक कन्टेस्ट २०२१’ घोषणा

    २ हफ्ता अघि

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    १ महिना अघि

    फेसबुकबाट शुरु भएको मायाले घर न घाटको बनायो

    १ महिना अघि

    युवा कबिहरुलाई प्रोत्साहन गर्दै कविता प्रतियोगिता सम्पन्न

    १ महिना अघि

    संस्कृति, पहिचान तथा भावनात्मक स्वच्छता विषयवस्तुमा कविता प्रतियोगिता हुदै

    २ महिना अघि

    डा.गोबिन्द केसीको कोरोना उपचार खर्च सरकारले व्यहोर्ने

    २ महिना अघि
in
ट्रेन्डीङ्ग
#कोरोनाभाईरस#नेपालCOrona UpdatecoronavirusCorona Viruscorona virus nepalcovid-19Deathpandemicकोरोना भाइरस
होमपेज / समाचार

कोरोनाभाइरस: सबैभन्दा पहिले चेतावनी दिने चिनियाँ चिकित्सकको नै मृत्यु

  • २०७६ माघ २४, शुक्रबार (११ महिना अघि)
  • ७१५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २९ मिनेट
  • Published on: Friday February 7, 2020 (12 months ago)
  • 721 Views
  • Reading time 1 minute

  • चीनमा नयाँ कोरोनाभाइरसको प्रकोप फैलिन सक्ने चेतावनी दिएका एक चिनियाँ चिकित्सकको सङ्क्रमणकै कारण मृत्यु भएको उनको उपचार गरिरहेको अस्पतालले जनाएको छ।

    वुहान सेन्ट्रल हस्पिटलमा कार्यरत लि वेन्लियाङलाई त्यहीँ सङ्क्रमण भएको थियो।

    ती ३४ वर्षीय चिकित्सकले आफ्ना सहकर्मीहरूलाई डिसेम्बर ३० मा भाइरस सङ्क्रमण भयावह रूपमा फैलिन सक्ने भन्दै सजग गराएका थिए। तर प्रहरीले उनलाई “अनर्गल टिप्पणी नगर्न” चेतावनी दिएको थियो।

    नयाँ वर्षको छेकोमा वुहान सहरमा अधिकारीहरूले कोरोनाभाइरससँग सम्बन्धित समाचार ढाकछोप गर्न खोजेका थिए। 

    उनको मृत्युबारे विरोधाभासपूर्ण विवरणहरू आएका छन्। तर चीनको पीपल्स डेलीले उनको मृत्यु स्थानीय समयानुसार शुक्रवार बिहान तीन बज्न लाग्दा भएको उल्लेख गरेको छ।

    • कोरोनाभाइरसले मानिसको शरीरमा के गर्छ
    • जन्मेको ३० घण्टामै कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि

    चीनमा अहिलेसम्म कोरोनाभाइरसको सङ्क्रमणबाट कम्तीमा ६३६ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ३१,००० भन्दा बढीलाई सङ्क्रमण भएको छ। बिहीवार मात्रै ७३ जनाको मृत्यु भयो।

    उक्त भाइरसले श्वासप्रश्वासमा समस्या उत्पन्न गराउँछ। सङ्क्रमित व्यक्तिलाई ज्वरो आउँछ अनि सुक्खा खोकी लाग्छ। अधिकांश व्यक्ति सङ्क्रमणपछि सामान्य रुघाखोकीमा जस्तै निको हुन्छन्।

    मृत्युको खबर 

    डा. लिको मृत्यु भएको समाचार ग्लोबल टाइम्स, पीपल्स डेली र चीनका अन्य सञ्चारमाध्यमले बिहीवार प्रकाशित गरेका थिए।

    पहिला स्थानीय समयानुसार राति ९:३० बजे उनलाई मृत घोषित गरिएको थियो। 

    उक्त समाचारपछि चिनियाँ सामाजिक सञ्जाल वेबोमा उनीबारे ठूलो चर्चा भयो। 

    पीपल्स डेलीले डा. लिको मृत्युका कारण “राष्ट्रिय शोक” उत्पन्न भएको भन्दै ट्वीट गर्‍यो।

    तर त्यही बेला ग्लोबल टाइम्सले डा. लिको स्थिति गम्भीर भएको तर उनको शरीरमा अक्सिजन उपलब्ध गराउन विशेष विधिबाट उपचार भइरहेको विवरण दियो।

    अस्पतालमा उपस्थित पत्रकार र चिकित्सकहरूले बीबीसी र अन्य सञ्चारमाध्यमलाई बताएअनुसार सरकारी अधिकारीहरूले हस्तक्षेप गरेर डा. लि जीवित भएको समाचार प्रकाशित गर्न भनेका थिए। 

    त्यसपछि सरकारी सञ्चारमाध्यमहरूले डा. लिको मृत्यु भएको समयमा परिवर्तन गरे।

    नायकको छवि

    भाइरसबारे सङ्क्रमण नफैलाउन चेतावनी पाएका डा. लिले एक महिनापछि अस्पतालको शय्याबाट आफ्नो कथा सुनाए। 

    कोरोनाभाइरसले मानिसको फोक्सोमा आक्रमण गर्ने चिकित्सकहरू बताउँछन्
    Image captionकोरोनाभाइरसले मानिसको फोक्सोमा आक्रमण गर्ने चिकित्सकहरू बताउँछन्

    चीनमा उक्त भाइरसको प्रकोप फैलिसकेको बेला उनको छवि नायकको जस्तो बन्यो। 

    सामाजिक सञ्जाल साइट विबोमा उनले लेखेका थिए: “सबै जनालाई अभिवादन। म वुहान सेन्ट्रल हस्पिटलको नेत्ररोग विशेषज्ञ हुँ।”

    कोरोनाभाइरसको प्रकोप नियन्त्रण गर्न स्थानीय अधिकारीहरूले सुरुका सातामा कति अपरिपक्व रूप काम गरे भन्ने सङ्केत यो घटनाले देखाउँछ। डिसेम्बर महिनामा उनले सन् २००३ मा विश्वव्यापी महामारीको रूपमा फैलिएको सार्स रोगजस्तो सात घटना देखेका थिए।

    ती बिरामीका घटना हुनान समुद्री खाद्यबजारबाट उत्पत्ति भएको ठानिएको थियो। 

    अनि उनी कार्यरत अस्पतालमा बिरामीहरूलाई अलग्ग्याएर क्वारन्टीनमा राखिएको थियो। 

    डा. लिको भनाइ

    डिसेम्बर ३० मा उनले सहकर्मी चिकित्सकहरूलाई इन्टरनेटमार्फत् समूहिक रूपमा सम्भावित प्रकोपबारे सजग गराउँदै सङ्क्रमणबाट बच्न सुरक्षित पोसाक लगाउन भनेका थिए। 

    तर त्यस बेला डा. लिलाई त्यो अहिलेसम्म नदेखिएको कोरोनाभाइरस थियो भन्ने थाहा थिएन। 

    आफू बिरामी परेपछि डा. लिले अधिकारीहरूले किन अझै कुनै स्वास्थ्यकर्मी सङ्क्रमित छैनन् भनिरहेका छन् भन्दै अचम्म मानेको जनाएका थिए
    Image captionआफू बिरामी परेपछि डा. लिले अधिकारीहरूले किन अझै कुनै स्वास्थ्यकर्मी सङ्क्रमित छैनन् भनिरहेका छन् भन्दै अचम्म मानेको जनाएका थिए

    चार दिनपछि सार्वजनिक सुरक्षा निकायका अधिकारीहरू आएर उनलाई एउटा पत्रमा हस्ताक्षर गर्न लगाए। 

    उक्त पत्रमा उनीमाथि “अनर्गल टिप्पणी गरेको” र त्यसले “सामाजिक अवस्थालाई नराम्ररी खलबल पुर्‍याएको” उल्लेख थियो। 

    “हामी तपाईँलाई कडापूर्वक चेतावनी दिन्छौँ – यदि तपाईँ आफ्नो हठी स्वभावले विसङ्गतिपूर्ण रूपमा गैरकानुनी कामलाई निरन्तरता दिइरहनुभयो न्यायको कठघरामा ल्याइनेछ कुरा बुझ्नुभयो?”

    तलपट्टि उनकै अक्षरमा लेखिएको छ: “मैले बुझेँ।”

    अफवाह फैलाएको आरोपमा अनुसन्धान गरिएका उनी आठ जनामध्ये एक हुन्। 

    ज्यानुअरी महिनाको अन्त्यमा उनले विबोमा एउटा पत्र सार्वजनिक गर्दै त्यति बेला के भएको थियो भन्ने खुलाएका छन्। 

    पछि स्थानीय अधिकारीहरूले उनीसँग माफी मागेका थिए। तर त्यति बेला स्थिति अनियन्त्रि भइसकेको थियो।

    सुरुसुरुमा सङ्क्रमित पशुबाट मानिसमा भाइरस सरेको हुन सक्ने अनुमान गरिएको थियो। तर चिकित्सकहरूलाई जोगाउने कुनै उपाय अवलम्बन गरिएन।

    आफूलाई नै सङ्क्रमण

    प्रहरीले चेतावनी दिएको एक सातापछि डा. लिले मोतियाबिन्दु भएकी एक महिलाको उपचार सुरु गरे। 

    तर उनलाई ती महिला कोरोनाभाइरसबाट संक्रमित भएको थाहा थिएन।


    विबोमा राखिएको भिडिओमा उनले ज्यानुअरी १० मा कसरी उनलाई रुघाखोकी सुरु भयो, अर्कोदिन ज्वरो आयो र दुई दिनपछि अस्पताल भर्ना हुनुपर्‍यो भन्ने खुलाएका छन्। 

    उनका अभिभावकहरू पनि बिरामी भए र उनीहरूलाई अस्पताल लगियो।दश दिनपछि ज्यानुअरी २० मा चीनले यस प्रकोपलाई सङ्कट घोषणा गर्‍यो। 

    • कोरोनाभाइरस नियन्त्रण गर्ने चीनको प्रयासको डब्ल्यूएचओद्वारा प्रशंसा 
    • कोरोनाभाइरस: हामी कति चिन्तित हुनु पर्छ 

    डा. लिका अनुसार धेरै पटक कोरोनाभाइरसको परीक्षण गरिएको भए पनि उनलाई सङ्क्रमण भएको पुष्टि हुन सकेन।

    ज्यानुअरी ३० मा उनले पुन: लेखे, “आज न्यूक्लीक एसिड परीक्षणमा पोजिटिभ नतिजा आयो, अन्तत: रोग थाहा भयो।”

    उक्त सङ्क्षिप्त पोस्टमा उनले कुकुरले आँखा माथि फर्काउँदै जिब्रो बाहिर निकालेको इमोजी राखेका थिए। त्यसले हजारौँ प्रतिक्रिया र सहानुभूतिका शब्दहरू पायो। 

    विबोमा एक प्रयोगकर्ताले “डा. लि वेन्लियाङ नायक” उल्लेख गर्दै उनको कथा कसरी देशको प्रतिबिम्व बन्यो भनेर चिन्ता व्यक्त गरे।

    “भविष्यमा सरुवा रोगका लक्षणहरू देखिँदा चिकित्सकहरू पूर्वचेतावनी दिन अझ बढी डराउनेछन्,” ती प्रयोगकर्ताले लेखेका छन्।

    “एउटा सुरक्षित सार्वजनिक स्वास्थ वातावरणका लागि…दशौँलाख लि वेन्लियाङहरू चाहिन्छ।”

    स्रोत:बीबीसी

    प्रतिक्रिया दिनुहोस
    • ईमेल प्रयोग गरेर
    • फेसबुक मार्फत

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *


    समाचार सम्बन्धि थप

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    संस्कृति, पहिचान तथा भावनात्मक स्वच्छता विषयवस्तुमा कविता प्रतियोगिता हुदै

    डा.गोबिन्द केसीको कोरोना उपचार खर्च सरकारले व्यहोर्ने

    सङक्रमितले उपचार गर्न नसक्ने घोषणा गरे सरकारले व्यहोर्छ : स्वाथ्यमन्त्री

    थप तीन हजार ५५६ सङ्क्रमित, कुल एक लाख १५ हजार ३५८ पुग्यो

    एक हजार १७२ जना सङ्क्रमित, कुल ६७ हजार ८०४ पुग्यो

    समाचार
    थप

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    संस्कृति, पहिचान तथा भावनात्मक स्वच्छता विषयवस्तुमा कविता प्रतियोगिता हुदै

    डा.गोबिन्द केसीको कोरोना उपचार खर्च सरकारले व्यहोर्ने

    सङक्रमितले उपचार गर्न नसक्ने घोषणा गरे सरकारले व्यहोर्छ : स्वाथ्यमन्त्री

    पहिलो बिशेष
    थप

    थप तीन हजार ५५६ सङ्क्रमित, कुल एक लाख १५ हजार ३५८ पुग्यो

    कोरोना भाइरस नेपाल: हालसम्मकै उच्च सङ्क्रमित, थपिए ३ हजार ४ सय ३९

    छोरा र श्रीमतीको हत्या गरी आत्महत्या गरेको आशंका

    नेपालको खोप परीक्षण तयारी अन्तिम चरणमा

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरा छ वा छोरी यसरी थाहा पाउंनुहोस् ।

    २.

    कोरोना भाइरस आफैं हराउन सक्ने अनुमान

    ३.

    दूधको मूल्यमा प्रतिलिटर रु २० ले वृद्धि

    ४.

    साढे तीन सयभन्दा बढी सुरक्षाकर्मी सङ्क्रमित, कसरी फैलियो कोभिड-१९ ?

    ५.

    देशमा कोरोना फैलिएको बेला राष्ट्रपतिको रात्रीभोज

    ६.

    १० दिनका लागि अन्तराष्ट्रिय उडान खोल्ने तयारी

    ७.

    भारतीय अभिनेता सुशान्त सिंह राजपुतको निधन, आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिए

    पत्राचार ठेगाना

    पहिलो बोली डट कम का लागी
    ठेगाना - सउल, दक्षिण कोरिया
    सम्पादक - नबिन खनाल
    ईमेल - contact@pahiloboli.com, pahiloboli@gmail.com

    फेसबुक

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • गोपनियता
    • अन्तरवार्ता
    • एन.आर.एन.
    • पहिलो बोली बिशेष
    • जीवनशैली
    • प्रदेश न्युज
    • सुचना प्रविधि
    • फोटो
    • पहिलो बोली टि.भी.
    • प्रवास
    • English News
    © २०७६ पहिलो बोली मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    आज: २०७७ माघ ७, बुधबार