• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • पहिलो बोली टि.भी.
  • English News
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
  • मुख्य समाचार
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • कर्णाली
    • प्रदेश नं. ५
    • सुदुर पश्चिम
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रवास
  • विचार/ब्लग
  • English
  • ताजा अपडेट

    बुटवलमा बन्दैछन् नागढुङ्गा–नौबिसे सुरुङ मार्गका करङ

    ३ हफ्ता अघि

    काठमाडौंमा शक्ति प्रदर्शन गर्दै प्रचण्ड-माधव समूह,२ लाख मानिस उतार्ने

    ३ हफ्ता अघि

    नेपालगञ्जमा चिसो अत्याधिक बढेपछि तीन दिन विद्यालय बन्द

    १ महिना अघि

    युवाहरुलाई लक्षित दया फाउन्डेसनको ‘युथ म्युजिक कन्टेस्ट २०२१’ घोषणा

    २ महिना अघि

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    ३ महिना अघि

    फेसबुकबाट शुरु भएको मायाले घर न घाटको बनायो

    ३ महिना अघि
in
ट्रेन्डीङ्ग
#कोरोनाभाईरस#नेपालCOrona UpdatecoronavirusCorona Viruscorona virus nepalcovid-19Deathpandemicकोरोना भाइरस
होमपेज / समाचार

बाथ रोग निको पार्ने भन्दै बलात्कार…

  • २०७६ माघ १०, शुक्रबार (१ साल अघि)
  • ८५९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ७ मिनेट
  • Published on: Friday January 24, 2020 (1 year ago)
  • 865 Views
  • Reading time 1 minute

  •  गहुँ गोरो वर्ण, दुब्लो शरीर । ५ फिट तीन इन्च उचाइका ध्रुवबाबु भनिने विश्वास जोशी ललितपुरको कुसुन्तीमा रहेको आशा विश्वासी मण्डली (चर्च) का पाष्टर हुन् ।

    तर, एक सातादेखि प्रहरी हिरासतमा छन् । महानगरीय प्रहरी परिसर, ललितपुरको हिरासतमा रहेका उनीमाथि शिष्यलाई बलात्कार गरेको आरोप छ ।ललितपुर प्रहरीको मुद्दा शाखाका डीएसपी सन्तोष तामाङका अनुसार अदालतबाट म्याद थपेर घटनाबारे अनुसन्धान भइरहेको छ ।

    प्रारम्भिक अनुसन्धानमा छालासम्बन्धी रोग निको पारिदिने भन्दै पाष्टरले बलात्कार गरेको हुनसक्ने देखिएको उनी बताउँछन् ।अरु पनि जोशीबाट पीडित भएको हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धानको दायरा फराकिलो बनाइएको उनले सुनाए ।पीडित २१ वर्षीया युवती शारीरिक रुपमा अशक्त छिन् । नख्खिपोटमा कस्मेटिक पसल खोलेर बसेकी उनी फुर्सदको समयमा कुसुन्तीको चर्चमा गएर प्रार्थना गर्थिन् ।

    करिब १० वर्षअघि क्रिस्चियन धर्म मान्न थाल्दा उनलाई चर्चमा गएर प्रार्थना गरे बाथ रोग निको हुन्छ भनिएको थियो । यही विश्वासले उनी आफू मात्र होइन, परिवारका सदस्यहरुलाई पनि धर्म परिवर्तन गर्ने बनाइन् ।तर रोग विसको उन्नाइस भएन ।

    पछिल्लो समय पास्टर जोशी कहाँ पुगेपछि भने उनले रोगबारे अनौठो कारण सुनाए । ‘बच्चामा तिम्रो धेरैसँग शारीरिक सम्पर्क भएकोरहेछ, तिमीले गरेको पाप मेटाउनका लागि मसँग शारीरिक सम्पर्क गर्नुपर्छ’, जोशीले उनलाई भनेका थिए, ‘प्राथनामा बस्दा मलाई परमेश्वरले यो कुरा भन्नु भएको हो ।’

    पास्टरको कुरा उनलाई अनौठो लाग्यो । तर परमेश्वकै नाम लिएर रोग निको हुन्छ भनेपछि अलमलमा परिन् ।

    पास्टरले सतप्रतिशत निको हुने आश्वसन दिएपछि उनी जोशीले भनेअनुसार गर्न तयार भइन् ।

    जोशीले तीन महिनाअघि चापागाउँ मोडको एक गेष्ट हाउसमा बोलाए र शारीरिक सम्बन्ध राखे । पीडित युवतीले प्रहरीमा दिएको जाहेरीअनुसार होटलमा प्रवेश गर्दा उनलाई अफ्ठ्यारो लागेको थियो । तर पहिल्यै सहमति जनाएर आएकाले इन्कार गर्नसक्ने स्थिति थिएन ।

    दिन, हप्ता हुँदै महिना वित्यो । रोगमा सुधार हुने संकेत देखिएन । बरु पाष्टरको गलत क्रियाकलाप बढ्दै गयो ।

    फेरि जोशीले सम्बन्ध राख्ने प्रस्ताव राखे । उनले नमान्दा  परमेश्वरले दिएको शक्ति नास भएर जाने धम्की दिए ।

    ‘म प्रहरीलाई खबर पर्ने पक्षमै थिएँ’, पीडितले भनेकी छन्, ‘तर कसैलाई भने जे पनि गर्छु भनेपछि हच्किएँ । अरुले थाहा पाए इज्जत के होला भन्ने पनि डर थियो ।’पाष्टर नख्खीपोटस्थित उनको पसलमै आए । सम्बन्ध राख्ने खोजे, उनले प्रतिकार गरिन् । पाष्टरले पहिले सम्बन्ध राखेको सबैलाई भनिदिने भन्दै धम्क्याए । र, पीडित युवती उनकै पसलमा जबरजस्ती करणीमा परिन् ।त्यसपछि त जोशी पसलमा नियमित जसो आउन थाले । पटकपटकको धम्की र दोहोरिरहने नियतिबाट उनी छुटकरा पाउन चााहेकाले आँट गरेर प्रहरीलाई खबर गरेको उनले बताएकी छन् ।

    इज्जत गुम्ने डर

    उनको जाहेरीका आधारमा प्रहरीले जोशीलाई पक्राउ गरेर अहिले कानूनी प्रक्रिया अघि बढिरहेको छ ।जोशीले पीडित महिलालाई लागेको होटलका सञ्चालकसँग पनि प्रहरीले बयान लिइसकेको छ । यसले अन्य युवतीलाई पनि रोग निको हुने प्रलोभनमा बलात्कार गरेको हुनसक्ने देखिएको छ ।तर पीडित युवतीलाई अझै डर छ, घटनाबारे अरुले जानकारी पाएर बेइज्यत हुने हो कि ?डरकै कारण अहिलेसम्म आफूमाथि भएको घटनाबारे अभिभावकलाई पनि भनेकी छैनन् ।

    onlinekhabar बाट

    प्रतिक्रिया दिनुहोस
    • ईमेल प्रयोग गरेर
    • फेसबुक मार्फत

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *


    समाचार सम्बन्धि थप

    काठमाडौंमा शक्ति प्रदर्शन गर्दै प्रचण्ड-माधव समूह,२ लाख मानिस उतार्ने

    नेपालगञ्जमा चिसो अत्याधिक बढेपछि तीन दिन विद्यालय बन्द

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    संस्कृति, पहिचान तथा भावनात्मक स्वच्छता विषयवस्तुमा कविता प्रतियोगिता हुदै

    डा.गोबिन्द केसीको कोरोना उपचार खर्च सरकारले व्यहोर्ने

    सङक्रमितले उपचार गर्न नसक्ने घोषणा गरे सरकारले व्यहोर्छ : स्वाथ्यमन्त्री

    समाचार
    थप

    काठमाडौंमा शक्ति प्रदर्शन गर्दै प्रचण्ड-माधव समूह,२ लाख मानिस उतार्ने

    नेपालगञ्जमा चिसो अत्याधिक बढेपछि तीन दिन विद्यालय बन्द

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    संस्कृति, पहिचान तथा भावनात्मक स्वच्छता विषयवस्तुमा कविता प्रतियोगिता हुदै

    पहिलो बिशेष
    थप

    थप तीन हजार ५५६ सङ्क्रमित, कुल एक लाख १५ हजार ३५८ पुग्यो

    कोरोना भाइरस नेपाल: हालसम्मकै उच्च सङ्क्रमित, थपिए ३ हजार ४ सय ३९

    छोरा र श्रीमतीको हत्या गरी आत्महत्या गरेको आशंका

    नेपालको खोप परीक्षण तयारी अन्तिम चरणमा

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरा छ वा छोरी यसरी थाहा पाउंनुहोस् ।

    २.

    कोरोना भाइरस आफैं हराउन सक्ने अनुमान

    ३.

    दूधको मूल्यमा प्रतिलिटर रु २० ले वृद्धि

    ४.

    साढे तीन सयभन्दा बढी सुरक्षाकर्मी सङ्क्रमित, कसरी फैलियो कोभिड-१९ ?

    ५.

    देशमा कोरोना फैलिएको बेला राष्ट्रपतिको रात्रीभोज

    ६.

    १० दिनका लागि अन्तराष्ट्रिय उडान खोल्ने तयारी

    ७.

    भारतीय अभिनेता सुशान्त सिंह राजपुतको निधन, आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिए

    पत्राचार ठेगाना

    पहिलो बोली डट कम का लागी
    ठेगाना - सउल, दक्षिण कोरिया
    सम्पादक - नबिन खनाल
    ईमेल - contact@pahiloboli.com, pahiloboli@gmail.com

    फेसबुक

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • गोपनियता
    • अन्तरवार्ता
    • एन.आर.एन.
    • पहिलो बोली बिशेष
    • जीवनशैली
    • प्रदेश न्युज
    • सुचना प्रविधि
    • फोटो
    • पहिलो बोली टि.भी.
    • प्रवास
    • English News
    © २०७६ पहिलो बोली मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    आज: २०७७ फागुन २३, आईतबार