• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • पहिलो बोली टि.भी.
  • English News
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
  • मुख्य समाचार
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • कर्णाली
    • प्रदेश नं. ५
    • सुदुर पश्चिम
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रवास
  • विचार/ब्लग
  • English
  • ताजा अपडेट

    युवाहरुलाई लक्षित दया फाउन्डेसनको ‘युथ म्युजिक कन्टेस्ट २०२१’ घोषणा

    ३ हफ्ता अघि

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    १ महिना अघि

    फेसबुकबाट शुरु भएको मायाले घर न घाटको बनायो

    १ महिना अघि

    युवा कबिहरुलाई प्रोत्साहन गर्दै कविता प्रतियोगिता सम्पन्न

    १ महिना अघि

    संस्कृति, पहिचान तथा भावनात्मक स्वच्छता विषयवस्तुमा कविता प्रतियोगिता हुदै

    २ महिना अघि

    डा.गोबिन्द केसीको कोरोना उपचार खर्च सरकारले व्यहोर्ने

    २ महिना अघि
in
ट्रेन्डीङ्ग
#कोरोनाभाईरस#नेपालCOrona UpdatecoronavirusCorona Viruscorona virus nepalcovid-19Deathpandemicकोरोना भाइरस
होमपेज / कला/मनोरंजन

५० लाख रुपैंया पुरस्कार राशीको ‘नेपाल स्टार’ शुरु, देशैभर उत्साह

  • पहिलो बोली
  • २०७६ पौष २२, मंगलबार (१ साल अघि)
  • १५१० पटक पढिएको
  • अनुमानित पढ्ने समय : ६ मिनेट
  • Published on: Tuesday January 7, 2020 (1 year ago)
  • 1516 Views
  • Reading time 0 minutes


  • काठमाडौँ, नेपाल ।

    नेपाली माटोको आफ्नै सुगन्ध सहित नेपाली गायन रियालिटी शो ‘नेपाल स्टार’ शुरु भएको छ । यो प्रतियोगिताको आयोजना नेपाल टेलिभिजनले गरेको हो । नेपालको पहिलो र नेपाली जनताको करबाट संचालित सरकारी टेलिभिजनले बिदेशी फ़्रेञ्चाईज बिना यो प्रतियोगिता संचालन गर्दैछ । साथै, यो प्रतियोगिताका बिजयीले अहिलेसम्म कै ठुलो धनराशीको पुरस्कार जित्ने घोषणा ‘नेपाल स्टार’ को टिमले गरेको छ । ‘नेपाल स्टार’ बन्न सफल हुने प्रतिभाले नेपाल स्टारको उपाधि सहित ५० लाख नगद र बिभिन्न प्रायोजकका गिफ्ट ह्याम्परहरु प्राप्त गर्नेछन ।

    ‘नेपाल स्टार’ को अर्को आकर्षण यसका जज (निर्णायक)हरु हुन् । नेपाली सुगम संगीतका तीनजना विशिष्ट धरोहरहरु संगीतकार आलोक श्री, गायक रामकृष्ण ढकाल र गायिका अन्जु पन्तले जजको जिम्मा पाएका छन् । लामो समय नेपाली सुगम संगीतमा हिट नम्बरहरु दिन सफल यी संगीत साधकहरु आफ्नो क्षेत्रमा अब्बल मानिन्छन । देशका कुनाकुना र विदेशमा शहर शहर यी तीनजनाका संगीत हरेक दिन गुञ्जिईरहेका हुन्छन । संगीतका यिनै हस्तीहरुले देशका ठाउँ ठाउँमा पुगेर गाउँ गाउँ र दूरदराजका प्रतिभाको खोजी गर्नेछन । उनीहरुले बस्तीमा लुकेका दर्जनौं प्रतिभाहरुलाई नेपाली गीतसंगीतको मूल प्रवाहमा ल्याउने विश्वास गरिएको छ ।

    “बुटवल अडिशन भब्य भयो । हामी भर्खर धनगढीमा आईपुग्यौं ।” स्टारका निर्णायक तथा बरिष्ठ संगीतकार आलोक श्रीले नेप्लिज डायस्पोरालाई भने । नेप्लिज डायस्पोराका प्रधान सम्पादक सतिश चापागाईंसंगको फोन सम्पर्कमा आलोक श्रीले आफु अति नै उत्साही भएको र गहन जिम्मेवारी बोध गर्दै तनमनका साथ यो महान कार्यमा होमिएको बताए ।

    नेपालको सशक्त बिज्ञापन एजेन्सी ‘कि एडभरटाईजिङ्ग’को व्यवस्थापनमा हुन लागेको गायन प्रतियोगिता ‘नेपाल स्टार’ को पहिलो अडिशन बुटवलमा सम्पन्न भईसकेको छ । नेपाल स्टारको सिंगो टोली दोस्रो अडिशनको अहिले धनगढी पुगेको छ । बुटवल र धनगढीमा प्राप्त प्रतिक्रिया हेर्दा देशभर उत्साह छाएको आलोक श्रीको विश्वास छ ।बुटवल अडिशनपछि धनगढी अडिशनका लागि धनगढी मै रहेका अर्का जज तथा बरिष्ठ गायक रामकृष्ण ढकालले पनि प्रतिभा खोजीको यो यात्रालाई बिशेष महत्वका साथ लिएको बताए ।

    बताए ।

    ‘हामी नेपाली, हाम्रो आवाज’ भन्ने नारा रहेको ‘नेपाल स्टार’को ‘वाई वाई चाउचाउ’ मुख्य प्रायोजक हो ।

    १६ देखि ४५ वर्ष उमेर समूहका जो कोही नेपालीले यो प्रतियोगितामा सहभागी हुन पाउछ । प्रतियोगिताको अडिशनका लागि फारम, उमेर खुल्ने परिचयपत्र सहित दुई ओटा फोटो आवश्यक पर्नेछ । फारम अनलाइनमार्फत पनि भर्न सकिने वा अडिशन स्थलमै पनि भर्न सकिने व्यवस्था रहेको छ ।

    करिब ६ महिनासम्म चल्ने प्रतियोगिता कुनै बिदेशी फ्रेन्चाईज नभई नितान्त नेपालकै आफ्नो मौलिक ब्राण्ड भएको कुरामा रामकृष्ण र आलोकले बढी जोड दिए । “लामो ग्यापपछी ‘नेपाली रियालिटी शो’ मा फेरी आएको छु, खुशी छु ।” रामकृष्णले भने, “हाम्रो टीमले स्वरसंगै संस्कार पनि खोज्ने छौं । सम्पूर्ण नेपालीलाई प्रतिनिधित्व गर्न सक्ने राम्रो कलाकारलाई ल्याउनेगरी खोजीकार्य शुरु गरेका छौं ।”

    “यो हाम्रो आफ्नै माटोको ब्रान्ड हो । कार्यक्रम अबधिभर हामी नेपालीपन र नेपालीमनलाई पछ्याईरहने छौं । सबै नेपालीबाट सक्रिय सहभागिता र रचनात्मक सहयोगको अपेक्षा गरेका छौं ।” आलोक श्रीले भने । स्रोत:नेपलिजडाएस्पोरा

    प्रतिक्रिया दिनुहोस
    • ईमेल प्रयोग गरेर
    • फेसबुक मार्फत

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *


    कला/मनोरंजन सम्बन्धि थप

    युवाहरुलाई लक्षित दया फाउन्डेसनको ‘युथ म्युजिक कन्टेस्ट २०२१’ घोषणा

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    फेसबुकबाट शुरु भएको मायाले घर न घाटको बनायो

    युवा कबिहरुलाई प्रोत्साहन गर्दै कविता प्रतियोगिता सम्पन्न

    संस्कृति, पहिचान तथा भावनात्मक स्वच्छता विषयवस्तुमा कविता प्रतियोगिता हुदै

    डा.गोबिन्द केसीको कोरोना उपचार खर्च सरकारले व्यहोर्ने

    समाचार
    थप

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    संस्कृति, पहिचान तथा भावनात्मक स्वच्छता विषयवस्तुमा कविता प्रतियोगिता हुदै

    डा.गोबिन्द केसीको कोरोना उपचार खर्च सरकारले व्यहोर्ने

    सङक्रमितले उपचार गर्न नसक्ने घोषणा गरे सरकारले व्यहोर्छ : स्वाथ्यमन्त्री

    पहिलो बिशेष
    थप

    थप तीन हजार ५५६ सङ्क्रमित, कुल एक लाख १५ हजार ३५८ पुग्यो

    कोरोना भाइरस नेपाल: हालसम्मकै उच्च सङ्क्रमित, थपिए ३ हजार ४ सय ३९

    छोरा र श्रीमतीको हत्या गरी आत्महत्या गरेको आशंका

    नेपालको खोप परीक्षण तयारी अन्तिम चरणमा

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरा छ वा छोरी यसरी थाहा पाउंनुहोस् ।

    २.

    कोरोना भाइरस आफैं हराउन सक्ने अनुमान

    ३.

    दूधको मूल्यमा प्रतिलिटर रु २० ले वृद्धि

    ४.

    साढे तीन सयभन्दा बढी सुरक्षाकर्मी सङ्क्रमित, कसरी फैलियो कोभिड-१९ ?

    ५.

    देशमा कोरोना फैलिएको बेला राष्ट्रपतिको रात्रीभोज

    ६.

    १० दिनका लागि अन्तराष्ट्रिय उडान खोल्ने तयारी

    ७.

    भारतीय अभिनेता सुशान्त सिंह राजपुतको निधन, आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिए

    पत्राचार ठेगाना

    पहिलो बोली डट कम का लागी
    ठेगाना - सउल, दक्षिण कोरिया
    सम्पादक - नबिन खनाल
    ईमेल - contact@pahiloboli.com, pahiloboli@gmail.com

    फेसबुक

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • गोपनियता
    • अन्तरवार्ता
    • एन.आर.एन.
    • पहिलो बोली बिशेष
    • जीवनशैली
    • प्रदेश न्युज
    • सुचना प्रविधि
    • फोटो
    • पहिलो बोली टि.भी.
    • प्रवास
    • English News
    © २०७६ पहिलो बोली मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    आज: २०७७ माघ ९, शुक्रबार