• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • पहिलो बोली टि.भी.
  • English News
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
  • मुख्य समाचार
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • कर्णाली
    • प्रदेश नं. ५
    • सुदुर पश्चिम
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रवास
  • विचार/ब्लग
  • English
  • ताजा अपडेट

    बुटवलमा बन्दैछन् नागढुङ्गा–नौबिसे सुरुङ मार्गका करङ

    १ हफ्ता अघि

    काठमाडौंमा शक्ति प्रदर्शन गर्दै प्रचण्ड-माधव समूह,२ लाख मानिस उतार्ने

    २ हफ्ता अघि

    नेपालगञ्जमा चिसो अत्याधिक बढेपछि तीन दिन विद्यालय बन्द

    ३ हफ्ता अघि

    युवाहरुलाई लक्षित दया फाउन्डेसनको ‘युथ म्युजिक कन्टेस्ट २०२१’ घोषणा

    १ महिना अघि

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    २ महिना अघि

    फेसबुकबाट शुरु भएको मायाले घर न घाटको बनायो

    २ महिना अघि
in
ट्रेन्डीङ्ग
#कोरोनाभाईरस#नेपालCOrona UpdatecoronavirusCorona Viruscorona virus nepalcovid-19Deathpandemicकोरोना भाइरस
होमपेज / घटना/दुर्घटना

अष्ट्रेलियामा आगोको उग्र रुप : २ लाख ६४ हजार हेक्टर आगोले भस्म

  • २०७६ पौष २०, आईतबार (१ साल अघि)
  • १३९९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १० मिनेट
  • Published on: Sunday January 5, 2020 (1 year ago)
  • 1405 Views
  • Reading time 0 minutes

  • २० पुस,

    अष्ट्रेलियामा अहिलेसम्मकै बढी तापक्रमका कारण बढेको आगलागीका कारण त्यहाँको जनजीवन संकटग्रस्त बनेको छ ।

    विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अहिलेसम्म आगलागीबाट २५ जनाभन्दा बढीको मृत्यु भइसकेको छ । १५ सयभन्दा धेरै घर जलेका छन् भने करोडौं एकड जमिन आगोले ध्वस्त भएको सीएननले उल्लेख गरेको छ ।

    ४ दिनदेखि निरन्तर बढिरहेको आगलागी सम्पूर्ण राज्यशक्ति लाग्दा पनि नियन्त्रण हुन सकेको छैन । अहिले अष्ट्रेलिया सरकारले सर्वसाधारणलाई समुद्री किनारमा गएर बस्न आग्रह गरेको छ । केहीदिनदेखि दक्षिणपूर्वी अष्ट्रेलियाका मात्रै हजारौं बासिन्दा समुद्री किनारमा सरेका छन् ।

    मानव बस्ती र खेतीयोग्य जमिनलाई चारैतिरबाट आगोले घेरेको छ । युनिभर्सिटी अफ सिड्नीको इकोलोजिस्टका अनुसार आगलागीबाट अहिलेसम्म ५० करोड जनावर जलेका छन् ।

    आगलागीले प्रभावितका लागि पानी, खाना र इन्धन वितरण गर्ने सेवा केन्द्रमा बुधबारदेखि सैनिक खटाइएको छ । सैन्य जहाज र विमानबाट सामान ओसारिएको न्यूयोर्क टाइम्सले जनाएको छ ।

    बीबीसीका अनुसार अष्ट्रेलिया सरकारले आगो निभाउन एक करोड पाउण्ड छुट्याएको छ । आगलागीबाट क्षति भएकालाई दिने राहत र क्षतिपूर्ति अलग्गै छ ।

    के के भयो क्षति ?

    आगलागीबाट न्यू साउथ वेल्समा अहिले करिब १० करोड एकड जमिन जलिसकेको छ । एक हजार भन्दा धेरै घर नष्ट भएका छन् । दक्षिणी भेगमा रहेको भिक्टोरियामा करिब ६ हजार हेक्टर जमिन आगलागीबाट नस्ट भएको सिएनएनले जनाएको छ । टाइम्सका अनुसार अहिले जम्माजम्मी २ लाख ६४ हजार हेक्टर आगोले भस्म भएको छ ।

    राजधानी क्यानबेरामा ८० वर्षपछिकै सबैभन्दा धेरै तापक्रम ४४ डिग्री सेल्सियस पुगेको त्यहाँको मौसम विभागले जनाएको छ । पश्चिमी सिडनीको पेन्ड्रिथ उपनगरमा करिब ४८ डिग्री सेल्सियस तापक्रम पुगेको विभागले जनाएको छ ।

    आगो कत्तिको व्यापक छ ?

    सेप्टेम्बरको सुरुदेखि नै अष्ट्रेलियामा आगलागी विनाशकारी अवस्थामा पुग्ने अशुभ संकेतहरू देखिन थालेको न्युयोर्क टाइम्सले जनाएको छ । सेप्टेम्बरमा क्विन्सल्याण्डको पहाडमा रहेको ऐतिहासिक भग्नावशेष बिन्ना बुरा लजलाई आगोले नष्ट गरेको थियो । यसबाहेक अन्यत्र भने यसको असर कम थियो । तर, जनवरीसम्म आइपुग्दा यो अवस्था अष्ट्रेलियाको ठूलो भूभागतिर फैलियो ।

    अहिले अष्ट्रेलियाका कूल ६ मध्ये ४ प्रदेश आगोबाट प्रभावित छन् । अष्ट्रेलियाको पूर्वी तटमा सबैभन्दा धेरै तातो छ । नोभेम्बरको सुरुतिर पनि ७० ठाउँमा लागेको आगो निभाउन १५०० भन्दा धेरै सैनिक र अग्नि नियन्त्रक परिचालन गरिएको थियो ।

    तयारी अवस्थामा राखिएको तीन हजार सैनिकलँई पनि आगो निभाउने कार्यमा खटाउन लागिएको अष्ट्रेलियाका प्रधानमन्त्री स्टक मोरिसनलाई उधृत गर्दै बिबिसीले जनाएको छ ।

    किन लाग्यो आगो ?

    अष्ट्रेलियामा कसैले आगो लगाएको नभई जमिन नै धेरै तातो भएर सुरु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । रेकर्ड तोड्ने तापमान, विस्तारित खडेरी र कडा बतासका कारण आगलागी भएको बताइएको छ । डिसेम्बरको मध्यदेखि नै अष्ट्रेलियामा उष्णता बढ्दै गएको थियो ।

    अष्ट्रेलियाको इतिहासमा तापक्रम ४९ डिग्री सेल्सियससम्म पुगेको छ । त्यहाँ तापक्रम ४० डिग्री भन्दा माथि पुगेपछि सरकारले समस्याग्रस्त घोषणा गरेर बिदा दिएको थियो । दक्षिण अष्ट्रेलियामा यो हप्ताभरि नै उष्णता जारी छ ।

    अष्ट्रेलियामा सन् २०१७ को सुरूदेखि नै न्यू साउथ वेल्स र क्विन्सल्याण्डका धेरैजसो ठाउँमा वर्षा अत्यन्त कम हुन थालेको थियो । खडेरीले देशको सबैभन्दा बढी उत्पादनशील कृषि क्षेत्रमा असर पारेको अष्ट्रेलिया सरकारले जनाएको छ । जसमध्ये धेरै खेती अहिले जलिरहेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

    एजेन्सीहरुको सहयोगमा

  • #animal killed
  • #australia
  • प्रतिक्रिया दिनुहोस
    • ईमेल प्रयोग गरेर
    • फेसबुक मार्फत

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *


    घटना/दुर्घटना सम्बन्धि थप

    काठमाडौंमा शक्ति प्रदर्शन गर्दै प्रचण्ड-माधव समूह,२ लाख मानिस उतार्ने

    नेपालगञ्जमा चिसो अत्याधिक बढेपछि तीन दिन विद्यालय बन्द

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    संस्कृति, पहिचान तथा भावनात्मक स्वच्छता विषयवस्तुमा कविता प्रतियोगिता हुदै

    डा.गोबिन्द केसीको कोरोना उपचार खर्च सरकारले व्यहोर्ने

    अमेरिकी राष्ट्रपति निर्वाचन: कस्ले मार्ला त बाजी ?

    समाचार
    थप

    काठमाडौंमा शक्ति प्रदर्शन गर्दै प्रचण्ड-माधव समूह,२ लाख मानिस उतार्ने

    नेपालगञ्जमा चिसो अत्याधिक बढेपछि तीन दिन विद्यालय बन्द

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    संस्कृति, पहिचान तथा भावनात्मक स्वच्छता विषयवस्तुमा कविता प्रतियोगिता हुदै

    पहिलो बिशेष
    थप

    थप तीन हजार ५५६ सङ्क्रमित, कुल एक लाख १५ हजार ३५८ पुग्यो

    कोरोना भाइरस नेपाल: हालसम्मकै उच्च सङ्क्रमित, थपिए ३ हजार ४ सय ३९

    छोरा र श्रीमतीको हत्या गरी आत्महत्या गरेको आशंका

    नेपालको खोप परीक्षण तयारी अन्तिम चरणमा

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरा छ वा छोरी यसरी थाहा पाउंनुहोस् ।

    २.

    कोरोना भाइरस आफैं हराउन सक्ने अनुमान

    ३.

    दूधको मूल्यमा प्रतिलिटर रु २० ले वृद्धि

    ४.

    साढे तीन सयभन्दा बढी सुरक्षाकर्मी सङ्क्रमित, कसरी फैलियो कोभिड-१९ ?

    ५.

    देशमा कोरोना फैलिएको बेला राष्ट्रपतिको रात्रीभोज

    ६.

    १० दिनका लागि अन्तराष्ट्रिय उडान खोल्ने तयारी

    ७.

    भारतीय अभिनेता सुशान्त सिंह राजपुतको निधन, आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिए

    पत्राचार ठेगाना

    पहिलो बोली डट कम का लागी
    ठेगाना - सउल, दक्षिण कोरिया
    सम्पादक - नबिन खनाल
    ईमेल - contact@pahiloboli.com, pahiloboli@gmail.com

    फेसबुक

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • गोपनियता
    • अन्तरवार्ता
    • एन.आर.एन.
    • पहिलो बोली बिशेष
    • जीवनशैली
    • प्रदेश न्युज
    • सुचना प्रविधि
    • फोटो
    • पहिलो बोली टि.भी.
    • प्रवास
    • English News
    © २०७६ पहिलो बोली मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    आज: २०७७ फागुन १३, बिहिबार