• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • पहिलो बोली टि.भी.
  • English News
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
  • मुख्य समाचार
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • कर्णाली
    • प्रदेश नं. ५
    • सुदुर पश्चिम
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रवास
  • विचार/ब्लग
  • English
  • ताजा अपडेट

    बुटवलमा बन्दैछन् नागढुङ्गा–नौबिसे सुरुङ मार्गका करङ

    २ हफ्ता अघि

    काठमाडौंमा शक्ति प्रदर्शन गर्दै प्रचण्ड-माधव समूह,२ लाख मानिस उतार्ने

    ३ हफ्ता अघि

    नेपालगञ्जमा चिसो अत्याधिक बढेपछि तीन दिन विद्यालय बन्द

    १ महिना अघि

    युवाहरुलाई लक्षित दया फाउन्डेसनको ‘युथ म्युजिक कन्टेस्ट २०२१’ घोषणा

    २ महिना अघि

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    २ महिना अघि

    फेसबुकबाट शुरु भएको मायाले घर न घाटको बनायो

    ३ महिना अघि
in
ट्रेन्डीङ्ग
#कोरोनाभाईरस#नेपालCOrona UpdatecoronavirusCorona Viruscorona virus nepalcovid-19Deathpandemicकोरोना भाइरस
होमपेज / समाचार

मुग्लिन सडक : चट्टान खोपेर पहिरो रोक्दै

  • २०७६ पौष २०, आईतबार (१ साल अघि)
  • १०९९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ११ मिनेट
  • Published on: Sunday January 5, 2020 (1 year ago)
  • 1105 Views
  • Reading time 1 minute

  • फोटो:रासस

    २० पुस, मुग्लिन । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा काटिएको भित्ता (चट्टाने भिर) खोपेर पहिरो रोक्ने प्रयास थालिएको छ । पहिरो जोखिम क्षेत्र छानेर अहिले सयौँ मजदुर चट्टाने भिर खोप्न व्यस्त छन् ।

    ‘रक क्लाइम्बिङ’ खेल जस्तै टल्कने ज्याकेट र पहेँलो हेल्मेट लगाएका मजदुर भिरभिरमा छन् । एक त पहिरो खस्ने जोखिम, त्यसमाथि ठाडे भिरमा चट्टान खोप्नु अत्यन्तै सकसपूर्ण काम हो । मजदुर जोखिम मोलेर दुई सातादेखि पहिरो रोक्न क्रियाशील छन् ।

    मजदुर कतै फलामको डण्डीको भर्‍याङ (स्काफोल्डिङ)मा बसेर काम गरिरहेका छन् त कतै रुखमा बाँधिएको डोरीको अङ्कुशेमा अडिएर काममा व्यस्त छन् । कोही जाली बिच्छ्याउँदै र कोही चट्टानमा रड (किला) ठोकेर नटबोल्टको काम गरिरहेका छन् ।

    उक्त कामलाई ‘रक नेटिङ’ र ‘रक बोल्टिङ’ प्रविधि भनिन्छ । कतै बायोइन्जिनीयरिङ काम पनि भइरहेको नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनीयर शिवप्रसाद खनालले बताए । उनले अहिले नारायणगढ–बुटवल सडकखण्डको काम हेर्ने जिम्मासमेत पाएका छन् ।

    “विगतमा विभिन्न स्थानमा गरिएको रक नेटिङ प्रभावकारी छ, दुर्घटनाको जोखिम कम भयो, पहिरो खसे पनि एकैचोटि तल खस्न दिएन, त्यसैले अहिलेको जोखिम क्षेत्रमा पनि सोही काम थालिएको हो”, खनालले भने ।

    चट्टान खोप्न यहाँको सडक सवारी साधनका लागि बिहान ११ बजेबाट ३ बजेसम्म बन्द गरिन्छ । यो क्रम यही २२ गतेसम्म जारी रहनेछ । त्यसपछि आवश्यकता हेरेर नयाँ निर्णय लिइने आयोजनाले जनाएको छ ।

    आयोजनाका अनुसार यहाँको विभिन्न आठ ठाउँमा काम जारी छ । गाईघाट, भोर्ले, घुमाउने, भालुढुङ्गा, जलविरे, चार किलो, तोपे खोला र कालीखोलामा पहिरो रोक्न मजदुर खटाइएको छ ।

    सबैभन्दा ठूलो पहिरोको जोखिम चार किलो र तोपे खोलामा छ । पहिरो रोक्ने कामका लागि बज्रगुरु–छिमसगरमाथा र न्यू टेक्निकलको ज्वाइन्ट भेञ्चरमा काम भइरहेको छ । छ महिनाका लागि रु १४ करोडमा ठेक्का दिइएको हो ।

    विश्व बैंकको बजेटबाट बचेको पैसाले यहाँको विभिन्न क्षेत्रको चार वटा पुल र रक नेटिङको काम गरिएको हो । विगतमा तीन पुल सम्पन्न भएको छ । जलविरेको बाँकी छ । गत वर्ष केही क्षेत्रमा रक नेटिङको काम भएको थियो । रकम बचेकाले यसपालि पनि प्रयोग गरिएको आयोजनाको भनाइ छ ।

    यसरी गरिँदैछ काम

    उक्त कामका लागि अहिले १०४ जना मजदुर चट्टान खोपेर पहिरो रोक्न खटिएका छन् । पहिलो चरणमा खस्न लागेको चट्टान र माटो निकालिन्छ । त्यसपछि चट्टान खोपेर ड्रिल गरी रड (किला) गाडिन्छ ।

    सबै क्षेत्रको रडमा जाली राखेर नट कस्ने आयोजनाका सहायक इन्जिनीयर कमल नेपालीले बताए । उनका अनुसार चट्टाने भिरको उचाइ १०५ मिटरसम्मको छ । तोपे खोलामा १०५ मिटर उचाइ र ६० मिटर लम्बाइमा काम भइरहेको छ । एउटा बोरामा आलु हाले जस्तै गरी चट्टानलाई मोर्ने गरिन्छ । जसका कारण चट्टान तल खस्न पाउँदैन र अन्ततः त्यहीँ जाम हुन्छ ।

    माथिल्लो क्षेत्रको ढुङ्गामा पनि यसरी नै रड लगाइन्छ । एकअर्कामा तार जेलेर राखिन्छ । तलबाट पहिरो खस्न थाल्यो भने माथिको ढुङ्गाले पहिरो खस्न दिँदैन । यदि खसिहाल्यो भने पनि जालीमा अड्किएर बस्छ । ठूलो पहिरो आए विस्तारै खस्ने भएकाले मानवीय जोखिम कम हुन्छ । कतिपय पहिरो झुण्डिएर बसेको हुन्छ । समय निकालेर फ्याँक्न सकिन्छ । यो प्रविधि अन्तर्राष्ट्रिय रूपमा प्रयोग हुन्थ्यो । तर उक्त आयोजनाले प्रयोग गरेकाले विगतको अनुभवमा जोखिम कम भएको छ ।

    एशियाली मापदण्डको छ सडक

    नारायण–मुग्लिन सडक निर्माण (स्तरोन्नति) को काम २०७२ सालको सुरुबाट थालिएको थियो । कुल रु दुई अर्ब ९० करोडको ठेक्का सम्झौता थियो । पन्ध्र महिना ढिला गरी आयोजना २०७५ सालमा सम्पन्न भयो । आयोजनाको सबै गरेर कुल बजेट भने तीन करोड ९० लाख डलरको हो ।

    सडकको कुल लम्बाइ ३४ किलोमिटरको हो । सडक चौडाइ बढीमा ११ र कम्तीमा नौ मिटरको बनाइएको छ । उक्त सडक एशियाली मापदण्डको बनेको छ । अहिले यहाँ यात्रा गर्ने यात्रु र चालक सहज महसुस गर्छन् । त्यही सडक स्तरोन्नति गर्दा काटिएको भित्तो खस्नाले विगतमा प्रहरीको गाडी नै बगाएको थियो ।

    सडक विस्तारको काम थालिएपछि पहिरोमा सातजनाको मृत्यु भएको र अझै एक प्रहरी हराइरहेका छन् । साठ्ठी वटा गाडीमा क्षति पुगेको विवरण छ ।

    नारायणगढ–मुग्लिन सडकको ३४ किलोमिटर क्षेत्रलाई तीन खण्डमा छुट्याएर नेपाल भारतका छवटा निर्माण कम्पनीले सडक चौडा पार्ने काम गरेका हुन् । चितवनको नारायणगढदेखि दासढुङ्गा १ नं, दासढुङ्गादेखि सिमलतालसम्म २ नं र त्यसपछि मुग्लिनसम्म ३ नं क्षेत्र छुट्याएर काम भएको हो ।

    एक खण्ड बीएलए तथा श्रेष्ठ निर्माण कम्पनी, अर्को खण्ड उडहिल तथा लामा निर्माण कम्पनी र तेस्रो खण्ड सुप्रिम तथा रौताहा निर्माण कम्पनीले काम गरेको हो । हरेक निर्माण कम्पनीमा एक–एक कम्पनी भारतीय थियो ।

    विसं २०३६ मा नारायणगढ–गोर्खा सडकका रूपमा उक्त सडक निर्माण भएको थियो । साँघुरो भएपछि नेपाल–भारत व्यापार आयोजनाअन्तर्गत सडक विस्तारको काम २०७२ बाट थालिएको हो ।

    भारतबाट यही सडक भएर ८० प्रतिशत सामान आयात हुने गर्छ । राजधानी काठमाडौंलाई मुलुकको पूर्वी र पश्चिमी भागसँग उक्त सडकले जोड्छ । चितवन प्रहरीका अनुसार उक्त सडक भएर दैनिक १० हजार गाडी गुड्छन् । साभार:Onlinekhabar

    प्रतिक्रिया दिनुहोस
    • ईमेल प्रयोग गरेर
    • फेसबुक मार्फत

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *


    समाचार सम्बन्धि थप

    काठमाडौंमा शक्ति प्रदर्शन गर्दै प्रचण्ड-माधव समूह,२ लाख मानिस उतार्ने

    नेपालगञ्जमा चिसो अत्याधिक बढेपछि तीन दिन विद्यालय बन्द

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    संस्कृति, पहिचान तथा भावनात्मक स्वच्छता विषयवस्तुमा कविता प्रतियोगिता हुदै

    डा.गोबिन्द केसीको कोरोना उपचार खर्च सरकारले व्यहोर्ने

    सङक्रमितले उपचार गर्न नसक्ने घोषणा गरे सरकारले व्यहोर्छ : स्वाथ्यमन्त्री

    समाचार
    थप

    काठमाडौंमा शक्ति प्रदर्शन गर्दै प्रचण्ड-माधव समूह,२ लाख मानिस उतार्ने

    नेपालगञ्जमा चिसो अत्याधिक बढेपछि तीन दिन विद्यालय बन्द

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    संस्कृति, पहिचान तथा भावनात्मक स्वच्छता विषयवस्तुमा कविता प्रतियोगिता हुदै

    पहिलो बिशेष
    थप

    थप तीन हजार ५५६ सङ्क्रमित, कुल एक लाख १५ हजार ३५८ पुग्यो

    कोरोना भाइरस नेपाल: हालसम्मकै उच्च सङ्क्रमित, थपिए ३ हजार ४ सय ३९

    छोरा र श्रीमतीको हत्या गरी आत्महत्या गरेको आशंका

    नेपालको खोप परीक्षण तयारी अन्तिम चरणमा

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरा छ वा छोरी यसरी थाहा पाउंनुहोस् ।

    २.

    कोरोना भाइरस आफैं हराउन सक्ने अनुमान

    ३.

    दूधको मूल्यमा प्रतिलिटर रु २० ले वृद्धि

    ४.

    साढे तीन सयभन्दा बढी सुरक्षाकर्मी सङ्क्रमित, कसरी फैलियो कोभिड-१९ ?

    ५.

    देशमा कोरोना फैलिएको बेला राष्ट्रपतिको रात्रीभोज

    ६.

    १० दिनका लागि अन्तराष्ट्रिय उडान खोल्ने तयारी

    ७.

    भारतीय अभिनेता सुशान्त सिंह राजपुतको निधन, आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिए

    पत्राचार ठेगाना

    पहिलो बोली डट कम का लागी
    ठेगाना - सउल, दक्षिण कोरिया
    सम्पादक - नबिन खनाल
    ईमेल - contact@pahiloboli.com, pahiloboli@gmail.com

    फेसबुक

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • गोपनियता
    • अन्तरवार्ता
    • एन.आर.एन.
    • पहिलो बोली बिशेष
    • जीवनशैली
    • प्रदेश न्युज
    • सुचना प्रविधि
    • फोटो
    • पहिलो बोली टि.भी.
    • प्रवास
    • English News
    © २०७६ पहिलो बोली मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    आज: २०७७ फागुन २०, बिहिबार