अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकी नागरिक र उसको सम्पत्तिमाथि आक्रमण गरे इरानका ५२ वटा स्थान तत्काल र कठोर हमला गर्ने चेतावनी दिएका छन्।
शुक्रबार ड्रोन आक्रमणमा इरानी कुद्स सेनाका प्रमुख कासिम सुलेमानी मारिएपछि इरानका सर्वोच्च नेता आयोतुल्लाह अली खामेनीले त्यसको बदला लिने चेतावनी दिएका थिए। आइतबार बिहान ट्वीट गर्दै ट्रम्पले इरानले अमेरिकी नागरिक र सम्पत्तिमा आक्रमण गरे जवाफी आक्रमणका लागि इरानका उच्चस्तर र सांस्कृतिक महत्वका ५२ वटा स्थानको पहिचान गरिसकेको बताएका छन्।
‘अमेरिका थप खतरा चाँहदैन’, ट्रम्पले लेखेका छन्।ती ५२ स्थानले सन् १९७९ मा इरानमा बन्धक बनाइएका आफ्ना ५२ अमेरिकी नागरिकलाई प्रतिनिधित्व गर्ने ट्रम्पको भनाइ छ।ट्रम्पको यो चेतावनी कासिम सुलेमानीको बग्दादमा अन्त्येष्टि गरिएको केही घन्टापछि आएको हो।सुलेमानीको अन्त्येष्टिपछि इराकमा रहेको अमेरिकी राजदूतावास वरपर कयौं रकेट आक्रमण भएको थिए। एउटा रकेट सुरक्षित मानिएको दुतावासको हरियो क्षेत्र नजिकसमेत आएको थियो।
इराकी सेनाले सो आक्रमणमा कोही घाइते नभएको जनाएको छ।यस्तै घटनामा कुनै समूहले जिम्मेवारी नलिए पनि इरान समर्थक मिलिसयाले आक्रमण गरेको दोष लगाइएको छ।-एजेन्सीको सहयोगमा